• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका उपाध्यक्ष दर्लामी पुर्पक्षका लागि थुनामा

  •    शुभेच्छा न्यूज  /१७ पुष २०८०, मंगलवार ११:०७ ,  प्रकाशीत
  • सूर्यदर्शन बचत तथा क्रण सहकारी संस्थाका उपाध्यक्ष कैलाश कुमार दर्लामीलाई पुर्पक्षका लागि थुनामा पठाउन कास्की जिल्ला अदालतले आदेश दिएको छ ।

    अदालतमा थुनछेक बहस सकिएपछि रामेछापको लिखु तामाकोसी गाउँपालिका– ७ घर भएका दर्लामीलाई न्यायाधीश रामचन्द शर्माको एकल इजलासले थुनामा पठाउने आदेश दिएको हो ।

    दर्लामीलाई १२ पुसमा रामेछापबाट पक्राउ गरी पोखरा ल्याइएको थियो । यसअघि पक्राउ परेका सहकारीका कोषाध्यक्ष कुमार रम्तेललाई कास्की अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।

    बचतकर्ताको रकम हिनामिना गरी भएको ठगी प्रकरणको अनुसन्धानपछि सरकारी वकिलको कार्यालयले १८ असोजमा जिल्ला अदालतमा सहकारी ऐन ०७४ अन्तर्गत मुद्दा दर्ता गरेको थियो ।

    एक हजार ३६ बचतकर्ताको एक अर्ब ११ करोड १९ लाख ४३ हजार ४५ रुपैयाँ ठगिएको भन्दै बचतकर्ताले प्रहरीकोमा जाहेरी दिएका थिए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.