पोखराको सूर्यदर्शन सहकारी ठगीको अभियोगमा पूर्वसञ्चालक समिति सदस्य शिवबहादुर गुरुङ (महेन्द्र भोटे) लाई पुर्पक्षका लागि थुनामा पठाउन कास्की जिल्ला अदालतले आदेश दिएको छ ।
गत भदौ २४ गते पक्राउ पुर्जी जारी भएपछि फरार महेन्द्र र भविश्वर मंगलबार अदालतमा उपस्थित भएपछि बयान गराएर बुधबार भएको थुनछेक बहसपछि न्यायाधीश वसन्तजंग थापाको इजलासले सहकारी ठगी प्रकरणमा पूर्व सञ्चालक गुरुङसहित सहकारीका सञ्चालक समिति सदस्य भवीश्वर अर्याललाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।
१८ हजार ७०० बचतकर्ताको १ अर्ब ३५ करोड अपचलन गरेको अभियोगमा सहकारीका पूर्वअध्यक्ष गितेन्द्रबाबु राई (जीबी) सहित १९ जनाविरुद्ध भदौ २४ मा पक्राउ पूर्जी जारी भएको थियो ।
यसअघि सहकारीका उपाध्यक्ष कैलाशकुमार दर्लामी र कोषाध्यक्ष कुमार रम्तेल पक्राउ परेर पुर्पक्षका लागि कास्की कारागारमा थुनामा छन् । ग्यालेक्सी टीभीका अध्यक्ष एवं सूर्यदर्शन सहकारी ठगीका मुख्य योजनाकार जीबी राईसहित १५ जना अझै फरार छन् ।

Related