• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पृथ्वी राजमार्ग बसको टिकट यात्रुले अनलाइनबाट काट्न सक्ने

  •    शुभेच्छा न्यूज  /१९ पुष २०८०, बिहीबार १०:०५ ,  प्रकाशीत
  • पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रालिले डिजिटल सेवा सञ्चालन गदैै अनलाइनबाट टिकट काट्ने मिल्ने व्यवस्था मिलाएको छ ।

    प्रविधिको तिब्र प्रयोगलाई आत्मसाथ गर्दै यातायातको क्षेत्रमा प्रविधिको प्रयोग गरेको पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनीका अध्यक्ष योगेन्द्रबहादुर केसीले बताए ।

    पछिल्लो समय प्रविधिको प्रयोग तिब्र रूपमा बढिरहेको अवस्थामा यातायात क्षेत्रमा पनि प्रविधिको प्रयोग गरेर यात्रुलाई सहज र स्तरिय सेवादिनको लागि पृथ्वी यातायात पनि पूर्ण अटोमेशनमा गएको हो ।

    अटोमेशनमा गएसँगै अब पृथ्वी यातायातका सवारी साधनबाट कुनै पनि स्थानमा यात्रा गर्न अनलाइनबाट टिकट काट्न सकिनेछ ।

    पूर्ण रूपमा कम्प्युटराइज प्रणालीमा रूपान्तरण गरिएसँगै अबदेखि संस्थाको कार्यलय सञ्चालन, चलानी, अभिलेखनलगायतका सबै कार्यहरू सफ्टवेयरमार्फत नियन्त्रण हुनेछन् ।

    कम्पनीले नेपालको एकमात्र टिकटिङ्ग सेवाप्रदानगर्दै आएको बससेवा डटकमसँगको सहकार्यमा संस्थालाई पूर्ण अटोमेशनमा लगेको हो ।

    अध्यक्ष केसीले अबदेखि यात्रुहरूले पृथ्वी यातायातका एसी, डिलक्स्, हायसलगायका सबै किसिमका गाडीको टिकट अनलाईनमार्फत् काट्न सकिने बताए ।

    यात्रुहरूले पृथ्वी यातायातको पृथ्वी बस डटकम डट एनपी, पृथ्वी यातायातको मोबाईल एप्लीकेशन तथा बससेवा डटकम, बससेवाको मोबाईल एप्लीकेशनमार्फत् सहजै टिकट काट्न सक्नेछन् ।

    पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीले देशका ४१० बढी रुटमा सेवा दिन्छ । नेपालका प्रमुख ३० बढी शहरबाट १ हजार ३५० बसमार्फत सेवा दिइरहेको अध्यक्ष केसीले जानकारी दिए ।

    अनलाइनमार्फत टिकट काटेका यात्रुले इसेवासँगै मोबाइल बैकिङमार्फत शुल्क तिर्न सक्ने बस सेवाका प्रमुख पिआर खनालले बताए ।

    दैनिक ८ हजार यात्रुले अनलाइनमार्फत टिकट काट्न सक्ने उनको भनाइ छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.