मित्रमिलन सहकारी ठगी प्रकरणमा पक्राउ परेका सहप्राध्यापक भण्डारी धरौटीमा रिहा
तपाईको प्रतिक्रिया





मित्रमिलन सहकारी ठगी प्रकरणमा पक्राउ परेका पृथ्वीनारायण क्याम्पसका सहप्राध्यापक विष्णुप्रसाद भण्डारी धरौटीमा छुटेका छन् ।
जिल्ला अदालत कास्कीका न्यायाधीश रामचन्द्र शर्माको इजलासले उनलाई ७ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
भण्डारीलाई मंगलबार अदालतमा उपस्थित गराइएकोमा थुनछेक बहसपछि धरौटीमा छोड्ने आदेश आएको श्रेस्तेदार रुद्रप्रसाद अर्यालले जानकारी दिए ।
उनले सहकारीका सञ्चालक समितिसँग मिलेर रकम दुरुपयोग गरेको आरोप थियो । सहकारीमा सम्बद्ध ६ जना थुनामा छन् भने
भण्डारीसँगै लेखा समिति संयोजक सूर्य अधिकारीलाई पनि धरौटीमा रिहा गरिएको छ ।
पूर्व रजिष्ट्रार उदयबहादुर पराजुली, अध्यक्ष रमण पौडेल, कार्यकारी अधिकृत किरण अधिकारी, सहकारी सञ्चालक समिति सदस्य गोपाल खनाल, शेयर सदस्य राजु बराल र बुद्धिसागर पौडेल थुनामा छन् ।
३३ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएकोमा २५ जना अझै फरार छन् ।
Related