पोखरामा ५ किलोमिटर सडक दौढ प्रतियोगिता हुने भएको छ ।
सुर्यतारा क्लब पोखरा र नेपाल खेलकुद महासघ गण्डकीको आयोजनामा फगुन १९ गते शनिबार ‘सुर्य तारा खेल महोत्सव’ २०८० अन्तर्गत ५ किमी सडक दौड (दोस्रो केपी ओलि रोड रेश ) प्रतियोगिता हुने भएको हो ।
प्रतियोगितामा ४ बिधाका खेलहरु मध्ये कास्कीका सामुदायिक तथा निजी बिधालयका छात्र छात्रा, खुल्ला महिला र प्लस ४५ भेट्रान्सको सहभागिता रहने आयोजकले जनाएको छ ।
प्रतियोगीतामा प्रत्येक बिधा तर्फ बढीमा १ सय जनाले प्रतिस्पर्धामा भाग लिन पाउने आयोजकले जनाएको छ । ५ किमी दुरीको दौड प्रतियोगिता पोखरा लेखनाथस्थित भण्डारढिक खेल मैदानबाट शुरु भई, पोखरा बिश्वबिधालय गेट , पियु मार्ग, शिशुवा सिसाघाट मार्ग, शिशुवाचोक, नैबिसे मार्ग , आदर्स चोक हुदै पुनः भण्डारढिक खेल मैदानमा पुगेर समापन हुनेछ ।
बिहान ७ बजेदेखि शुरु हुने उक्त दौड प्रतियोगिताको समुदघाटन पोखरा महानगरपालिकाका उप– प्रमुख मञ्जुदेबि गुरुङले गर्ने एथलेटिक्स प्रतियोगिता संयोजक हरि बडुवालले जानकारी दिए ।
‘स्वास्थ्यको लागि खेल, सबैको लागि खेल’ भन्ने नाराका साथ यहि चैत्र ३ गतेदेखि ११ गतेसम्म पोखरा २९ भन्डारढिकस्थित रहेको प्रस्तावित रंगशालामा खेल महोत्सव हुदैछ ।
राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी समेतको सहभागिता रहने खेल महोत्सवले साबिक लेखनाथको परिचय दिने अपेक्षा आयोजकको छ ।
युवाहरुको खेल प्रतिको क्रेजलाइ मनन गर्दै यो बृहत् महोत्सवको तयारी गरिएको नेपाल खेलकुद महासंघका केन्द्रीय सचिब बिष्णु पुनले जानकारी दिए ।
नेपालमा थुप्रै क्लब र राजनितिक दलका भातृ संगठनहरु भएता पनि सुर्यतारा क्लवले गर्न लागेको खेल महोत्सवले जनमानसमा छुट्टै छाप छोड्ने आयोजकको दाबी रहेको छ ।
दर्जनौ खेलहरु हुने महोत्सवमा दौडका सबै बिधा अन्तर्गत प्रथम पुरस्कार ७ हजार, दोस्रो पुरस्कार ५ हजार र तृतीय पुरस्कार ३ हजार रुपैयाँ रहेको छ ।
खेल महोत्सवमा १ हजार भन्दा बढी स्वयंसेवक र दर्शकहरुको समेत सहभागिता हुने आयोजकले जनाएको छ । खेल महोत्सव सफल पार्नको लागि विभिन्न क्लब, संघसंस्थाहरुले सहयोग गर्ने छन ।

Related