पोखरामा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ९ जनालाई पक्राउ गरेको छ ।
पोखराको जिरोकिमीस्थित धौलागिरी आगमन रेष्टुरेन्ट एण्ड लजबाट नगद ९३ हजार आठसय १० रुपैयाँ सहित ९ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा पोखरा पस्र्याङ बस्ने काजिमान बल, सोही ठाउँ बस्ने अन्तिम भन्ने अस्मिन गुरुङ, बागलुङ गलकोट घर भई सोही ठाउँ बस्ने मनबहादुर दमै, टोपबहादुर श्रीस, जिरोकिमी बस्ने सुशान्त ठाकुर, मालेपाटन बस्ने सितल कार्की, पोखरा ३ बस्ने विकास गुरुङ, सराङकोटका रमेश पराजुली र मालेपाटन बस्ने कृष्णबहादुर छन्त्याल रहेका छन् ।
पक्राउ परेकाहरुलाई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर (जुवा खेल्न वा सट्टेवाजी गर्न नहुने) सम्बन्धि मुद्दामा १० दिन म्याद थप गरी प्रहरीले अनुसन्धान अगाडि बढाएको छ ।

Related