गण्डकी प्रदेशमा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।
केन्द्रमा सत्ता समीकरण बदलिएसँगै बुधवार बसेको माओवादी केन्द्र गण्डकी प्रदेश संसदीय दलको बैठकले सुरेन्द्रराज पाण्डे नेतृत्व सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।
दलका नेता हरिबहादुर चुमानका अनुसार समर्थन फिर्ता लिएको पत्र बुझाइसकेको छ ।मंगलवार मुख्यमन्त्री पाण्डेले माओवादीका दुई मन्त्रीलाई बर्खास्त गरेका थिए ।
६० सदस्यीय प्रदेश सभा सदस्य रहेको गण्डकीमा नयाँ सत्ता समीकरणमा कसरी जाने छलफल चलिरहेको छ ।
गण्डकीमा एमाले २२, कांग्रेस २७, माओवादी ८, राप्रपा २ र १ स्वतन्त्र सांसद छन् ।

Related