• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

५ करोडको लागतमा बन्ने ‘पोखरा घर’को शिलान्यास

  •    नरहरि पौड्याल  /२८ फाल्गुन २०८०, सोमबार १०:१७ ,  प्रकाशीत
  • पोखरामा आर्टग्यालरी, पुस्तकालय र पर्यटकीय सूचना केन्द्रसहितका पूर्वाधारयुक्त बनाइने भवनको शिलान्यास गरिएको छ ।

    ५ करोड १ लाख ४६ हजारको लागतमा पोखरा–९ पृथ्बीचोकस्थित निर्माण हुने पाँच तले भवन (पोखरा घर) को पोखरा महानगरका प्रमुख धनराज आचार्यले आइतबार शिलान्यास गरेका हुन् ।

    प्रमुख अचार्यले ‘पोखरा घर’निर्माणले समग्र पोखराको बिस्तृत जानकारी दिने केन्द्र बन्ने बताउँदै यसले पोखराको विकासका लागि आधार तयार गर्ने उल्लेख गरे ।

    उनले ‘पोखरा घर’ परम्परागत बास्तुकलासहित पछिल्लो प्रविधिको प्रयोग गरेर काठको बार्दली समेत राखेर निर्माण गरेने बताए । प्रमुख आचार्यले भवन निर्माण पछि आर्टग्यालरी, पुस्तकालय र पर्यटकीय सूचना केन्द्र सञ्चालनका लागि विगतमा महेन्द्रपुलमा भत्काइएको जीर्ण भवनमा रहेका संस्थाहरुसंग नै सहकार्य गर्ने उल्लेख गरे ।

    उनले पोखराको महेन्द्रपुलको जीर्ण पुस्ताकालयको भवन भत्काउँदा अनावस्यक विवाद श्रृजना गरिएको गुनासो गरे ।

    प्रमुख आचार्यले पोखरा घर पोखरा घुम्नेहरुका लागि एउटा महत्वपूर्ण स्थल बन्ने र विस्तृत जानकारी दिने स्थल बन्ने बताए । पोखरा घरमा रहने घण्टा घरले आफूहरुलाई हरेक समयको महत्व बुझेर काम गर्न प्रेरित गर्ने उनको भनाई थियो ।

    महानगरका प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापाले भवन निर्माणका लागि स्रोतको कमि नहुने बताए । उनले पोखरामा धेरै काम भएका तर प्रचार नभएको उल्लेख गरे ।

    पूर्वाधार महाशाखा प्रमुख सुरेन्द्र पाण्डेले पोखरा घर निर्माणका लागि निर्माण कम्पनीसंग भ्याटबाहेक ५ करोड १ लाख ४६ हजार ५५१ रुपैयाँ ३९ पैसामा निर्माण गर्ने सम्झौता भएको बताए । उनले ६ करोड, ९३ लाख ४७ हजार २७० रुपैयाँ ७८ पैसा लागत अनुमान गरिएकोमा निर्माण कम्पनीले ५ करोड १ लाख ४६ हजार ५५१ रुपैयाँ ३९ पैसामा निर्माण गर्नका लागि सम्झौता गरिएको उल्लेख गरे ।

    १८ महिनामा सक्ने गरी ठेक्का सम्झौता भएपनि निर्धारित समय भन्दा ५ महिना अगाडि नै भवन निर्माण गरेर सक्ने दृढता निर्माण कम्पनी कोजु इन्जिनियरिङ÷आरुसी÷एवीसी जेभीका सञ्चालक होमनाथ ढकालले बताए ।

    पोखरा ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले लामो समयको प्रतिक्षापछि पोखरा घरको शिलान्यास गरिएको बताए ।

    अण्डर ग्राउण्डसहित पाँच तलाको बन्ने उक्त भवनमाको भुइँतलामा सूचना केन्द्र, दोस्रो तलामा पुस्तकालय, तेस्रो तलामा ग्यालरी र त्यसमाथि घन्टाघर बन्ने छन । अन्डरग्राउन्डमा एकैपटक ४० वटा मोटरसाइकल पनि पार्किङ गर्न मिल्नेछ ।

    पोखरा महानगरले आर्टग्यालरी, पुस्तकालयसहित नयाँ भवन बनाउने निर्णय गरेको करिब ५ वर्षपछि भवनको शिलान्यास भएको हो ।

    तत्तकालीन महानगर प्रमुख मानबहादुर जिसी नेतृत्वमा १ चैत ०७५ मा बसेको कार्यपालिका बैठकले महेन्द्रपुलबाट आर्टग्यालरी र पुस्तकालय हटाउने निर्णय गरेको थियो ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.