मुख्यमन्त्री पाण्डे नेतृत्वको सरकार अल्पमतमा परेकाले दूरगामी निर्णय नगर्न एमालेको आग्रह
तपाईको प्रतिक्रिया





नेकपा एमालेले अल्पमतमा परेको भन्दै गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे नेतृत्वको सरकारलाई दूरगामी निर्णय नगर्न आग्रह गरेको छ ।
केन्द्रमा राजनैतिक कार्ष फेरिएसंगै नेकपा माओवादी केन्द्रले गण्डकी प्रदेशले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि पाण्डे नेतृत्वको सरकार अल्पमतमा परेकाले कुनै पनि दुरगामी महत्वका निर्णय नगर्न एमालेले आग्रह गरेको हो ।
एमाले संसदीय दलको बैठकले गण्डकी प्रदेश सरकार कामचलाउमा परिणत भएको हुँदा दीर्घकालीन असर पर्ने खालका कुनै पनि निर्णय नगर्न एमालेले सचेत गराएको हो ।
परिवर्तित परिस्थितिमा दलको तर्फबाट आवश्यक संवाद र समन्वय गर्नका लागि दलको नेता खगराज अधिकारीलाई जिम्मा दिने निर्णय समेत एमालले गरेको छ ।
Related