• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखरामा नयाँ विषयमा नाटक मञ्चन हुँदै

  •    शुभेच्छा न्यूज  /२१ चैत्र २०८०, बुधबार १६:१५ ,  प्रकाशीत
  • रेनाँसा थिएटरको प्रस्तुतीमा पोखरामा नयाँ नाटक मञ्चन हुने भएको छ ।

    नयाँ वर्षको शुरु ९वैशाख १० देखि १५ दिनसम्म नाटक मञ्चन हुने निर्देशक धु्रव पौडेलले जानकारी दिए । साहित्यकार बुद्धिसागरको कथालाई नाटकमा रुपान्तरण गरेर नाटक मञ्चन गरिनेछ । स्मृति बिक्रि केन्द्र शिर्षकको कथालाई ऋतेशले नाट्य रुपान्तरण गरेका हुन् ।

    नाटकले विज्ञान र प्रविधिको क्षेत्रमा भविष्यमा हुनसक्ने चमत्कारिक विकासलाई उठान गरेको निर्देशक पौडेलले बताए । ‘विज्ञान र प्रविधिको क्षेत्रमा दैनिक जसो चमत्कारहरु भईरहेका छन् । निकट भविष्यमा हामीले नाटकमा उठाएको विषयजस्तो चमत्कार नहोला भन्न पनि सकिन्न’ उनले भने ।

    पोखराको गैरापाटन स्थित पोखरा थिएटरको गन्धर्व नाटकघरमा नाटक मञ्चन हुनेछ । शनिवार तथा सार्वजनिक विदाको दिनमा दुई शो तथा अन्य दिन एक शो नाटक मञ्चन हुने रेनाँसा थिएटरका सँस्थापक एम डि काफ्लेले जानकारी दिए ।

    नाटकमा प्रमिला तुलाचन, राजेन्द्र अधिकारी, विभु प्रसाद भुसाल, जनक पराजुली, विष्णु तिमिल्सिना, लक्ष्मण डुम्रे, उमा पुन, शितला अधिकारी, प्रियङ्का खड्का, कविता घर्तीमगर, सुस्मिता काप्री, सन्देश भण्डारी लगायतले अभिनय गरेका छन् ।

    यो नाटकबाट पोखराका दर्शकले नयाँ स्वाद प्राप्त गर्ने रेनेँसा थिएटरले विश्वास व्यक्त गरेको छ । ‘पोखरामा धेरै नाटकहरु मञ्चन भए, दर्शकहरुले मन पराउनुभएको छ’ निर्देशक पौडेलले भने, ‘पौराणिक कथामा आधारित, लोक नाटक लगायत अन्य धेरै विषयहरुमा मञ्चन भएका छन्, तर अहिले हामीले विल्कुल फरक विषयमा प्रस्तुती दिन खोजेका छौ ।’

    नाटक मञ्चनका लागि अहिले अभ्यास र सेट निर्माणको काम धमाधम भईरहेको थिएटरले जनाएको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.