शुभेच्छा न्यूज
स्याङ्जाको प्रगतिनगरबाट ओरस्टेको लागि छुटेको जीप पुतलीबजार नगरपालिका–२ ज्याङ्दीमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। ५ जना घाइते भएका छन्।
प्रगतिनगरबाट ओरष्टे जाँदै गरेको ग१ज ६३९९ नम्बरको जीप बुधबार साँझ दुर्घटना भएको हो।
दुर्घटनामा बिरुवा गाउँपालिका–४ ओरष्टेका ७२ वर्षीय शुक्र बहादुर रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। उनको उपचारको क्रममा जिल्ला अस्पताल स्याङ्जामा मृत्यु भएको हो। यसैगरी दुर्घटनामा बिरुवा गाउँपालिका–४ का २५ वर्षीय भिम बहादुर थापा, २४ वर्षीय विष्णु थापा, १७ वर्षीया सनि थापा र १८ वर्षीया अप्सरा राना घाइते भएका छन्।
जीप चालक ३६ वर्षीय खेम राना पनि घाइते छन्। उनलाई स्याङ्जा जिल्ला अस्पतालमा सामान्य उपचारपछि पोखरा रिफर गरिएको छ। दुर्घटनाका अन्य घाइतेहरुको जिल्ला अस्पताल स्याङ्जामा उपचार भैरहेको प्रहरीले जनाएको छ।

Related