• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

गण्डकी नारी सम्मानबाट डा.आलियामा सम्मानित

  •    नरहरि पौड्याल  /२ असार २०८१, शनिबार २१:०१ ,  प्रकाशीत
  • पोखरा । विश्वको पहिलो महिलाहरु मात्र आवद्ध लायन्स क्लव अफ पोखरा गण्डकीले शिक्षा तथा समाजिक क्षेत्रमा उल्लेखनिय योगदान पु¥याएकी शिक्षाबिद डा.अलियामा जोनलाई ‘गण्डकी नारी सम्मान’ बाट सम्मान गरेको छ ।

    भारतको केरलामा जन्मिएर पोखरालाई २०१७ साल देखि कर्मभूमि बनाउँदै यस क्षेत्रको शैक्षिक बिकाससंगै सामाजिक क्षेत्रमा उल्लेखनिय योगदान गर्दै अएकी डा.अलियामालाइ नगद रु २५ हजार र सम्मान पत्र सहित ‘गण्डकी नारी सम्मान’ कार्यक्रमबाट सम्मानित गरिएको हो । यसअघि सञ्चारकर्मी निर्मला शर्मा, गायीका बाबा राणा, समाजसेवी राधा कुँवर लगायतलाई क्लवले सम्मान गरिसकेको छ ।

    क्लवले ११ बर्षदेखि नियमितरुपमा शिक्षा, स्वास्थ्य, वातावरण लगायत समाज सेवाका बिभिन्न क्षेत्रमा कार्य गरेका महिलाहरु मध्येबाट प्रत्येक बर्ष यो सम्मान प्रदान गर्दै आएको क्लवका पूर्व अध्यक्ष एवं लायन्स क्लव अन्तराष्ट्रिय डिष्ट्रिक ३२५ ‘जे’ नेपालका कोचिफ एडभाईजर बिमला श्रेष्ठले बताइन ।

    सम्मान कार्यक्रमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि पत्रकार एवं साहित्यकार बबिता बस्नेतले ३७ बर्ष पहिले पोखराका महिलाहरुले खोलेको विश्वकै पहिलो महिलाहरु मात्र सम्मेलित क्लवले समाजमा उत्किृष्ट कार्यगर्ने ब्याक्तित्वहरुलाई बर्षैनी सम्मन गर्दै आएकोमा प्रसंशा गरिन् ।

    उनले यस पटक गण्डकी लायन्सले नेपालकै शैक्षिक क्षेत्रमा महत्वपूर्ण योगदान गर्ने डा.अलियामालाई सम्मान गरेर आपूmलाई आफुलाई उत्कृष्ट क्लवकारुपमा स्थापित गरेको बताइन् । उनले भनिने,‘नेपालमा लायन्स क्लवहरुले समाज समाज सेवाका क्षेत्रमा धेरै महत्वपूर्ण कार्र्यहरु गरेका छन। त्यसमध्ये तपाईले गरेको नारीसम्मान कार्यक्रम झनै उत्कृष्ट छ । समाज सेवामा लागेका महिलाहरुलाई यस्ता सम्मानले थप उर्जा र हौसला प्रदान गर्ने छ’ ।

    प्रमुख अतिथि बस्नेतले नेपालमा पछिल्लो समय शिक्षा, चतनासंगै इन्टरनेट प्रविधिको तिव्र विकासले सामाजिक विखण्डन ल्याउन थालेको बताईन । उनले भनिनन्,‘पछिल्लो समय शिक्षा र इन्टरनेट प्रविधिको विकाससंगै समाजमा साइवर अपराध बढाएको छ। ईन्टरनेट, मावाइल लगायतका प्रविधिपछि समाजमा विभिन्न खालका अपराधिका गतिविधिहरु बढेका छन। सामाजिक संजालको माध्यमबाट पारिवारिक बिखण्डनका घटना बढ्दै गएका छन । यस्ता घटनामा महिलाहरु बढी पीडित भएका छन ।विकासक्रमसंगै विनाशका घट्ना बढ्दै गएकाले सचेत बन्ने अवस्था आएको छ।’

    उनले पछिल्लो समय शिक्षासंगै सामाजिक विकास भएपनि पुरुषहरुले महिलाहरु प्रति गर्ने ब्यवहारमा खासै सुधार नआएको टिप्पणी गरिन।

    कार्यक्रममा बिशेष अतिथि एवं शिक्षाविद जर्ज जोनले लायन्सहरुले समाज विकास र सेवाका क्षेत्रमा महत्वपूर्ण कार्य गरेको बताए । उलने गण्डकी लायन्से गरेको सय सम्मानले महिलाहरुलाइ सेवाका क्षेत्रमा योगदान गर्न उत्प्ररित गर्ने बताए ।

    लायन्स क्लव अन्तराष्ट्रिय डिष्ट्रिक ३२५ ‘जे’ नेपालका द्धितिय भाइस गभर्नर प्रजापति बास्तोलाले नारीहरुको सम्मान गरेमात्र समाज समृद्ध बन्ने बताए । उनले हरेक घरमा पुरुषले गर्ने ब्यवहारमा परिवर्तन आए महिलाले सम्मानित ठाक्ने बताए ।

    डा.माया लामाले सम्मानित डा.अलियामाले शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान गरेको बताउदै उनीबाट शिक्षा लिएकाहरुले पूर्वपश्चिमदेखि मेची, महाकालीसम्म सेवाका क्षेत्रमा रहेको बताइन ।

    सम्मानित ब्याक्तित्व डा.अलियामाले विश्वकै महिलाहरुले मात्र नेतृत्व गरेको यस क्लवले गरेको सम्मानबाट गौरवान्वित भएको बताइन । उनले पोखरा क्षेत्रमा आपूmले देखेको विगतलाइ सम्झदै क्रमश समाज रुपान्तरण भएको बताउँदै महिलालाइ घर परिवार र समाजमा कार्य गर्ने वातावरण अझै नवनेको उल्लेख गरिन ।

    पोखरास्थित रहेको पृथ्बीनारायण क्याम्पसको स्थापना गर्न महत्वपूर्ण योगदान गरेका शिक्षाविद जर्ज जोनकी धर्मपत्तनी समेत रहेकी उनले लामो समय यही क्याम्पसमा अध्यापन गराएकी थिइन। भmण्डै तिन दशक पियन कलेजको अध्यायनपछि जर्ज जोनसंगै लामोसमय पोखरास्थित अमससिंह स्कूलमा अध्यापन गराएकी थिइन ।

    कार्यक्रमको अध्यक्षता क्लवका  अध्यक्ष लक्ष्मि कला शेरचनले गरेकी थिइन भने कार्यक्रममा स्वागत मन्तब्य क्लवका पुर्व अध्यक्ष कोकी मल्लले गरेकी थिइन ।

    त्यस्तै कार्यक्रम संचालन सचिव एवं लायन्स क्लव अन्तराष्ट्रिय डिष्ट्रिक ३२५ जे नेपालका डिष्ट्रिक चिफ पुजन शाक्यले गरेकी थिइन भने धन्यबाद क्लबको पूर्व अध्यक्ष लायन शारदा पराजुलीले गरेकी थिइन

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.