माछापुच्छ्रे बैंकले पोखरा १४ बाच्छीवुडुवामा सञ्चालित पुष्करिणी परोपकार गोकुलधाम (गौशाला) लाई नगद १० लाख सहयोग गरेको छ ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सडकमा छोडिएका पशुचौपायालाई व्यवस्थापन गरी पालनपोषण गरिरहेको राष्ट्रिय परोपकार महासंघको काममा बैंकका तर्फबाट सहयोग गरिएको निर्देशक रोशन केसीले बताए ।
छाडा पशु चौपायाको व्यवस्थापनले सडक सुरक्षामा पुग्ने अवरोधलाई न्यूनीकरण गर्न महत्त्वपूर्ण सहयोग पुग्ने केसीको विश्वास छ ।
गौशालालाई सहयोग उपलब्ध गराएर संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्न पाएकोमा खुसी लागेको बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले बताए ।
निर्देशक केसी, प्रमुख कार्यकारी अधिकृत कोइराला र बैंककी प्रमोटर प्रेमकुमारी केसीले उक्त रकम हस्तान्तरण गरेका हुन् । उनीहरुले गौशाला रहेको क्षेत्रमा वृक्षरोपणसमेत गरेका छन् ।
राष्ट्रिय परोपकार महासंघका संस्थापक एवं गोकुलधामका परिकल्पनाकार पण्डित कमलनयन गौतमले बैंकप्रति आभार प्रकट गरे ।
बैंकले गरेको आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वबापत नगद १० लाख निकै महत्वपूर्ण रहेको उनले जनाए ।
बोलीमा मात्र सीमित गौसेवाको अभियानलाई व्यवहारिक बनाउने उद्देश्यले सरोकारवाला सबैलाई घच्घच्याउनका लागि गोकुलधामको प्रारम्भ गरिएको उनको भनाइ छ ।

Related