कास्कीमा पहिरोमा परेर दुई जनाको मृत्यु, एक घाइते शुभेच्छा न्यूज /१३ असार २०८१, बुधबार ०८:५० , प्रकाशीत कास्कीमा अविरल वर्षापछि पहिरोमा परेर २ जनाको मृत्यु भएको छ । एकजना घाइते भएका छन् । गए राति नै पोखरा –२७ आरुपाटामा ३१ वर्षीय हरि सुनारको दुई कोठाको कच्ची घर पहिरोले भत्किँदा उनका तीन वर्षीय छोरा अनमोलको मृत्यु भएको छ । उक्त घटनामा घाइते भएकी सुनारकी श्रीमतीको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । सो घटनामा हरि र उनका नौ वर्षीया छोरी अञ्जलीको सकुशल उद्धार गरिएको छ । यसैगरी मादी गाउँपालिका–५ चितेपानी घुम्तीमा गए राति पहिरोमा पुरिएर १३ वर्षीया आयुस्मा रानाभाटको मृत्यु भएको छ । उक्त घटनामा ७० वर्षीया हजुरआमा लालमाया बन्जाराको उद्धार गरिएको छ । Related तपाईको प्रतिक्रिया संबन्धित शिर्षकहरु सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ ताजा अपडेट सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी
कास्कीमा अविरल वर्षापछि पहिरोमा परेर २ जनाको मृत्यु भएको छ । एकजना घाइते भएका छन् ।
गए राति नै पोखरा –२७ आरुपाटामा ३१ वर्षीय हरि सुनारको दुई कोठाको कच्ची घर पहिरोले भत्किँदा उनका तीन वर्षीय छोरा अनमोलको मृत्यु भएको छ ।
उक्त घटनामा घाइते भएकी सुनारकी श्रीमतीको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।
सो घटनामा हरि र उनका नौ वर्षीया छोरी अञ्जलीको सकुशल उद्धार गरिएको छ ।
यसैगरी मादी गाउँपालिका–५ चितेपानी घुम्तीमा गए राति पहिरोमा पुरिएर १३ वर्षीया आयुस्मा रानाभाटको मृत्यु भएको छ ।
उक्त घटनामा ७० वर्षीया हजुरआमा लालमाया बन्जाराको उद्धार गरिएको छ ।
Related