• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

बालकृष्ण ढुंगेललाई रिहा गर्ने निर्णयविरुद्ध सर्वोच्चमा रिट

  •      /१० जेष्ठ २०७५, बिहीबार १५:४४ ,  प्रकाशीत
  • हत्या अभियोगमा अदालतले कैद सजाय सुनाएपछि कारागारमा रहेका बालकृष्ण ढुंगेललाई रिहा गर्ने सरकारको निर्णय विरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।

    कर्तव्य ज्यान मुद्दामा सजाय भोगिरहेका ढुंगेललाई सरकारले गणतन्त्र दिवस (१५ जेठमा) आममाफी सहित रिहा गर्ने निर्णय गरेको छ ।

    दोषी करार भई सजाय भोगिरहेका व्यक्तिलाई सजायमा भारी छूट दिई रिहा गर्नु न्याय र विधिको शासनको उपहास भएको अधिवक्ता त्रिपाठीले बताएका छन् । उनले भने– “सरकारले विवेक र तर्कसम्मत रुपमा प्रयोग गर्नुपर्ने कानून बदनियतपूर्ण तरिकाले प्रयोग गरेको छ ।”

    ढुंगेललाई रिहा गर्ने सरकारको निर्णय सत्ता र शक्तिको दुरुपयोग भएको त्रिपाठीले बताएका छन् ।

    सरकारको यस्तो निर्णयले लोकतन्त्रको मूल्य मान्यतामा ह्रास ल्याउने र अन्तर्राष्ट्रिय स्तरमा मुलुकको छवी धमिल्याउने अधिवक्ता त्रिपाठीको भनाइ छ ।

    रिटमा अन्तरिम आदेशको माग समेत गरिएको छ । मुद्दाको सुनुवाई भोलि, ११ जेठमा हुनेछ ।

    himal khabar

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.