लायन्स क्लव अन्तराष्ट्रिय डिष्ट्रिक ३२५ ‘जे’ नेपाल अन्तरगत रहेका गण्डकी क्षेत्रका क्लवहरुको संयुक्त आयोजनामा पोखरा हेमजामा बृहत वृक्षरोपण गरिएको छ ।
शनिबार गण्डकी क्षेत्रका क्लवहरुको संयुक्त आयोजनामा पोखरा हेमजास्थित रहेको मानवसेवा आश्रममा बृहत वृक्षरोपण गरिएको हो ।
‘वातावरणीय स्वच्छता र भूसंरक्षणका लागि वृक्षरोपण’ नाराका साथ आयोजना गरिएको कार्यक्रममा गण्डकी क्षेत्रका २७ वटा क्लवहरुको प्रत्यक्ष सहभागितामा एक सयभन्दा बढी फलपूmलका सहित अन्य विभिन्न प्रजातिका विरुवा रोपिएको डिष्ट्रिकका ट्रि प्लान्टेशन चिफ बलराम बडालले बताए ।
कार्यक्रममा प्रमुख अतिथि एवं डिष्ट्रिक गर्भनर मिलन थापाले वतावरण संरक्षण गर्नका लागि डिष्ट्रिकले बृक्षरोपणलाइ वार्षिक कार्यक्रमका रुपमा प्राथमिकतामा राखेको बताइन । उनले पछिल्लो समय वातावरणीय बिनाशको क्रम बढेसंगै बिनासका घटना बढ्दै गएकाले त्यसको प्रभाब न्यून गर्न बृक्षरोपले सहयोग पुग्ने बताइन ।
गभर्नर थापाले देशमा वतावरणीय ह्रास संगै भु–क्षय, बाढीपहिरो, अतिबृष्टी लगायतका घटना बढेकाले वृक्षरोपणले यसको सन्तुलनमा सहयोग पुग्ने विश्वास ब्याक्त गरिन् ।
गभर्नर थापाले पछिल्लो समय देशका विभिन्न भागमा भइरहेको अविरल बर्षाका कारण ठूृलो मात्रमा जनधनको क्षति भएकाले उद्धार र सहयोगका लागि डिष्ट्रिकले डिजाष्टर फन्ड मार्फत सहयोग गर्ने तयारी गरेकाले सम्पूर्ण लायन्सलाई सहयोगको गर्न आग्रह गरिन ।
कार्यक्रममा बिशेष अतिथि एवं मल्टिपल ड्रिष्ट्रिक कन्भेन्सन चियर पर्सन धु्रव बहादुर थापा, द्वितिय भाइस डिष्ट्रिक गर्भनर प्रजापति बाँस्तोला, कोषाध्यक्ष कल्पना थापा एलएलडब्लु चिफ बिना गुरुङ्ग, एनएलएफ चिफ राजु श्रेष्ठ, डिष्ट्रिका विभिन्न जिम्मेवारीमा रहेका पदाधिकारी, क्लवका पदाधिकारी लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा मानव सेवा आश्रमलाई २० हजार आर्थिक सहयोग समेत प्रदान गरिएको थियो ।
कार्यक्रममा स्वागत गण्डकी एरिया चिफ सूर्य प्रसाद बरालले गरेका थिए भने अध्यक्षता सहित धन्यवाद ज्ञापन डिष्ट्रिकका ट्रि प्लान्टेशन चिफ बलराम बडालले गरेका थिए ।
कार्यक्रम डिष्ट्रिक क्याविनेट सेक्रेटरी कृष्ण बहादुर अधिकारीले संचालन गरेका थिए ।

Related