लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ ‘जे’ नेपालको पहिलो क्याविनेट बैठक पोखरामा सम्पन्न भएको छ ।
क्याविनेटका विभिन्न पदमा मनोनित डिष्ट्रिक्टका पदाधिकारीलाई लायन्स अन्तर्राष्ट्रियका निर्देशक एवं पूर्व मल्टिपल चेयरपर्सन बालकृष्ण बुर्लाकाटीले पद तथा गोपनियताको सपथ गराएर पदस्थापित गराएका थिए ।
बैठकमा गण्डकी, धौलागिरि र बागमती क्षेत्रका डिष्ट्रिक ३२५ ‘जे’ अन्तरगतका क्याविनेटमा मनोनित पदाधिकारीसहित क्लवका विभिन्न जिम्मेवारीमा रहेका करिब १ हजार पदाधिकारीहरुको सहभागिता रहेको थियो ।
पदस्थापन समारोहलाई कार्यक्रमका प्रमुख अतिथि एवं गण्डकी प्रदेशका मुख्य मन्त्री सुरेन्द्र पाण्डेले सम्बोधन गरेका थिए ।उनले लायन्सहरुले दैविविपत्तिका बेला राज्यलाई गरेको सहयोगले समाजमा लायन्सको गरिमा बढाएको उल्लेख गरे । मुख्यमन्त्री पाण्डेले प्रदेश सरकार लायन्स क्लवहरुसंग समन्वयमा समाजसेवाको क्षेत्रमा सहकार्य गर्न तयार रहेको समेत बताए ।
कार्यक्रमका विशिष्ट अतिथि एवं गण्डकीका सामाजिक बिकास मन्त्री बिन्दुकुमार थापाले लायन्समा लागेर सामाज सेवासंगै सन्तुष्टि लिन सकिने उल्लेख गरे ।
मन्त्री थापाले लायनहरुले गर्ने सेवाका कार्य उत्कृष्ट रहेको बताउदै हाल गण्डकी प्रदेशमा डेगु संक्रमण बड्दै गएकोले डेगु सम्बन्धि सचेतनासंगै रोकथाममा लायन्ससँग सहकार्य गर्न प्रदेश सरकार तयार रहेको बताए ।
डिष्ट्रिक्ट गभर्नर मिलन थापाले आफ्नो डिष्ट्रिक्ट समाज सेवासंगै, सदस्यता बृद्वी र नयाँ क्लवको बृद्धिमा अब्बल बनाउन लागि रहेको बताइन ।
पदस्थापन समारोहमा कार्यक्रमका पदस्थापन अधिकृत एवं लायन्सका अन्तर्राष्ट्रिय निर्देशक वालकृष्ण वुर्लाकोटी, लायन्स अन्तर्राष्ट्रियका एलसिआईएफ एरिया लिडर राजन लम्साल, निबर्तमान डिष्ट्रिक्ट गर्भनर लायन हरि मरहट्टा, पूर्व मल्टीपल काउन्सिल चेयरपर्सन प्रेम बहादुर श्रेष्ठ लगाएतले बोलेका थिए ।
कार्यक्रममा डिष्ट्रिक्टका विभिन्न पदमा रहेर उत्कृष्ट कार्यगर्ने लायन्स क्लबहरू तथा विभिन्न क्लब र डिष्ट्रिकका पदाधिकारीलाई विभिन्न शिर्षकमा सम्मान गरिएको थियो ।
क्याविनेट सेक्रेटरी कृष्ण अधिकारीको संचालन गरेको कार्यक्रमा प्रथम भाइस डिष्ट्रिक्ट गभर्नर मिलन बाबु मल्ल, द्वितिय भाइस डिष्ट्रिक्ट गभर्नर प्रजापति बास्तोलाले डिष्ट्रिक्ट गभर्नरले ल्याएका कार्यक्रमलाई सफल बनाउन लागि पर्ने प्रतिबद्वता व्यक्त गरेका थिए ।

Related