• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

लायन्स अन्नपूर्णको पदस्थापन : समाज सेवामा योगदान गर्ने डेढ दर्जनलाई सम्मान

  •    शुभेच्छा न्यूज  /८ भाद्र २०८१, शनिबार १८:०० ,  प्रकाशीत
  • कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले समाज सेवाका क्षेत्रमा लायन्स लगायतका संघ संस्थासंग सहकार्य गरेर अगाडी बढ्न स्थानिय प्रशासन तयार रहेको बताएका छन ।

    लायन्स क्लव अफ पोखरा अन्नपूर्ण सहितका तीन वटा क्लवले आयोजना गरेको संयुक्त पदस्थापन समारोहको प्रमुख अतिथिको तर्फबाट मन्तब्य राख्दै प्रजिअ पाण्डेले दैविबिपक्ति लगायत समाज सेवामा सक्रिय लायन्ससंगको सहकार्यमा सामाजिक कार्य गर्न स्थानिय प्रशासन तयार रहेको बताएका हुन् ।

    उनले बाढीपहिरो, भूकम्प, कोभिड संक्रमण लगायत विभिन्न आकस्मिकरुपमा हुने दैविप्रकोपमा लायन्स क्लवहरुले गरेको सहयोगको प्रशंसा गरे ।

    प्रजिअ पाण्डेले कास्कीमा पछिल्लो समय लागूऔषको प्रयोग बढ्दो अवस्थामा रहेकाले यसको नियन्त्रणका लागि लायन्स क्लवहरुलाइ सहकार्य गर्न आग्रह गरे । उनले भने, ‘पछिल्लो समय कास्कीमा लागूऔषधको प्रयोग बढ्दो क्रममा छ । लागूऔषधको बढ्दो प्रयोगले समग्र समाजलाइ आक्रान्त पार्दै गइरहेकोले यसको नियन्त्रणका लागि स्थानिय प्रशासन लायन्स लगायत विभिन्न संघ संस्थासंगै सहकार्य गरेर आगाडी बढ्न तयार छ ।’

    प्रजिअ पाण्डेले कास्कीमा सुशासन कायम गरी सामाजिक अपराध न्यूनिकरण गर्ने कार्यमा लायन्सहरुलाई आफ्नो ठाउँबाट समयोग गर्न आग्रह गरे । उनले कास्कीका सरकारी कार्यलयहरुको सेवा प्रबाहलाइ प्रभाबकारी बनाउन चाहेको बताउँदै यसको सुधारका लागि खबरदारी गर्न आग्रह गरे ।

    प्रजिअ पाण्डेले कार्यलयहरुको सेवा प्रबाहका वारेमा गूनासोहरु सुन्न र त्यसको सुधार गर्नका लागि कास्की प्रशासनले क्यआर स्क्यान मार्फत गूनासो गर्ने ब्यवस्था मिलाएको बताए ।

    कार्यक्रमका बिशेष अतिथि एवं लायन्स क्लव अन्तराष्ट्रि डिष्ट्रिक ३२५ ‘जे’ नेपालका गभर्नर मिलन थापाले लायन्सले स्थानिय निकाय र प्रशासनको सहकार्यमा दैविबिपक्तिमा परेका जनतालाई सहयोग गर्दै आएको बताइन । उनले पछिल्लो समय बाढीपहिरोमा परेर परिवार गूमाई घरवारविहिन भएका गोरखा, तनहुँ, कास्की लगायत अन्य जिल्लाहरुमा लायन्स अन्तराष्ट्रियले उपलब्ध गराएको १० हजार अमेरिकी डलर बराबरको सहयोग गरेको बताइन ।

    उनले दैविविपक्तिसंगै स्थानियस्तरमा स्वास्थ्य, शिक्षा, वातावरण लगायतका क्षेत्रमा लायन्स क्लवहरुले कार्य गरिरहेको बताइन । गभर्नर थापाले आफ्नो कार्यकाय प्रारम्भ भएको छोटो समयमै २० वटा नयाँ क्लव विधिबतरुपमा स्थापना गरेर विश्वमै उत्कृष्ट डिष्ट्रिक बन्न सफल भएको बताइन ।

    उनले यस डिष्ट्रिकलाई उत्कृष्ट बनाउन संस्थापक डिष्ट्रिक गभर्नर ध्रुर्ब श्रेष्ठको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरिन ।

    कार्यक्रममा महिला उद्यामी मिना गुरुङ, पूर्व मल्टिपल पचयर पर्सन योगेन्द्र प्रधान, प्रथम भाइस गभर्नर मिलन बाबु मल्ल, दृतिय भाइस गभर्नर प्रजापति बास्तोला, चिफ एडभाइजर कुश माली, एरिया चिफ सूर्य बराल, रिजन चेयर पर्सन सवी शेरचन, जोन चेयर पर्सन दिनेश तुलाचनले मन्तब्य राखेका थिए ।

    कार्यक्रममा समाज सेवाका क्षेत्रमा योगदान गर्ने पोखरा उद्योग बाणिज्यसंघका पूर्व अध्यक्ष, आनन्दा राज मुल्मी, दीपक श्रेष्ठ, अशोक पालिखे, राजेन्द्र लालचन, उद्योगपति गणेश बहादुर श्रेष्ठ, कोपिला नेपालका बद्रीविनोद प्रतिक, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष बिमला भण्डारी,कृषिउद्यमी मिना गुरुङ, लायन्सका पूर्व मल्टिपल चेयर पर्सन पर्सन द्धय, प्रमबहादुर श्रेष्ठ, योगेन्द्र प्रधान, पूर्व गभर्नर बिशेश्वर आचार्य,राम बस्याल, सुचित्रा थापा, दुर्गा हुमागाई, प्रमेश्वर बराल लगायत झण्डै डेढ दजर्नलाइ सम्मान गरिएको थियो ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.