गण्डकीमा नेकपा एमालेबाट नियुक्त ४ जना मन्त्रीले शपथ लिएका छन् ।
सोमबार नवनियुक्त एमालेका चार जना नवनियुक्त मन्त्रीले प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष सोमबार शपथ ग्रहण गरेका हुन् ।
एमालेकी पद्मा जिसीले कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री, कृष्णप्रसाद पाठकले स्वास्थ्यमन्त्री, मित्रलाल बस्यालले उद्योग तथा पर्यटनमन्त्री र प्रकाशबहादुर केसीले भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्रीको शपथ लिएका हुन् ।
यसअघि भौतिक पूर्वाधार तथा यातायातमन्त्री भएका राजीव गुरुङ (दीपक मनाङे)लाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
सर्वोच्चको परमादेशबाट नेपालको संविधानको धारा १६८ को उपाधार (३) बमोजिम जेठ १६ गते मुख्यमन्त्री बनेको पाण्डेले त्यही दिन नेपाली कांग्रेसबाट डा. टकराज गुरुङलाई आर्थिक मामिला र विन्दुकुमार थापालाई सामाजिक विकास तथा स्वास्थ्य मन्त्री नियुक्त गरेका थिए। विन्दुले स्वास्थ्य मन्त्रालय फुटाएपछि सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी पाएका छन्।

Related