• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

लायन्स पोखरा चौतारी सहित चार क्लबको संयुक्त पदस्थापन

  •    शुभेच्छा न्यूज  /१९ आश्विन २०८१, शनिबार २१:०१ ,  प्रकाशीत
  • पोखरा ।लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ ‘जे’ नेपाल अन्तरगतको ४ वटा क्लवहरुको संयुक्त पदस्थापन सम्पन्न भएको छ ।

    शुक्रबार साँझ भएको रिजन १६ अन्तर्गतको जोन ३१ मा रहेका क्लबहरु लायन्स क्लब अफ पोखरा चौतारी, न्युरोड चौतारी, सुन्दर चौतारी र लियो क्लव अफ पोखरा चौतारीका वर्ष २०२४÷०२५ का नवनिर्वाचित पदाधिकारीलाई पदस्थापन गराइएको हो ।

    कार्यक्रममा डिस्ट्रिक्ट ३२५ ‘जे’ नेपालका गभर्नर मिलन थापाले ४ वटै क्लबका अध्यक्ष एवं पदाधिकारीलाई पदस्थापन गराएकी थिइन । गभर्नर थापाले पदस्थापित भएका पदाधिकारीहरुले आगामी दिनमा लायन्सको पदिय जिम्मेवारी अनुसारको जिम्मेवारी निर्वाह गर्नेमा आपूm आसावादी रहेको बताईन ।

    उनले पछिल्लो समय बर्षासंगै देशका विभिन्न भागमा आएको बाढी पहिरोका कारण ठुलो मात्रमा धनजनको क्षति भएको उल्लेख गर्दै क्लवहरुले पीडितहरुका लागि उद्धारसंगै राहतका कार्यमा लागेको बताइन् । गभर्नर थापाले गत आउन महिनामा गोरखाको धार्के लगायत विभिन्न ठाउँहरुमा ठुलो मात्रमा धनजनको क्षति भएकाले लायन्स अन्तराष्ट्रियबाट रकमबाट सहयोग गरेको बताइन ।

    उनले यस पटक पनि बाढीपहिरो पीडितका लागि लायन्स अन्तराष्ट्रियको डिजाष्टर फण्डबाट १५ हजार अमेरिकी डलर उपलब्ध भएको बताउदै विभिन्न ठाउँका पीडितका लागि सहयोग गर्ने योजना बनाएको बताइन् । उनले विपत्तिमा परेका नागरिकका लागि क्लवस्तरबाट पनि सहयोग गर्नका लागि आग्रह गरिन् ।

    कार्यक्रमका प्रमुख अतिथि एव पदस्थापन अधिकृत डिस्ट्रिक्ट गर्भनर थापाले लायन्सले समाजमा गरेका उत्कृष्ट सेवाका कार्यको निरन्तरता दिदै समाजमा सकारात्मक शन्देश प्रवाह गर्ने गरि कार्य गर्नु पर्ने बताइन् ।

    गभर्नर थापाले क्लब प्रवेश गरेका नयाँ सदस्यलाई लायन्सको इतिहाँसका वारेका वारेमा जानकारी गराउदै पदाधिकारीहरुलाइ सपथ ग्रहण समेत गराएकी थिइन ।

    पुर्व मल्टिपल काउन्सिल चियर पर्सन प्रेम बहादुर श्रेष्ठले डिष्ट्रिक गभर्नर थापासहित क्लव पदाधिकारीहरुले सामाजिक क्षेत्रमा महत्वपूर्ण कार्य गरेको उल्लेख गरे। उनले डिष्ट्रिक गभर्नर थापासहित पदाधिकारीको योगदानकै कारण उत्कृष्ट डिष्ट्रिक बन्न सफल भएको बताए ।
    त्यसैगरी पूर्व डिष्ट्रिक गभर्नर योगेन्द्र प्रधानले विगतमा नेपाल गभर्नर बन्नका लागि झेलेका कष्ट उल्लेख गरे ।

    लायन वर्ष २०२३÷०२४ मा गरेका सामाजिक कार्यका वारेमा लायन्स क्लब अफ पोखरा चौतारीका अध्यक्ष ऐन बहादु ऐर, न्यूरोड चौतारीका अध्यक्ष अर्जुन प्रसाद पौडेल, सुन्दर चौतारीका मिना भट्टराई र लियो पोखरा चौतारीका सहनशित पौडेलले जानकारी गराएका थिए । उनीहरुले आफ्नो कार्यकालयमा स्वास्थ्य, शिक्षा, वातावरण, खानेपानी लगायतका क्षेत्रमा कार्य गरेको उल्लेख गरे ।

    त्यसैगरी लायन वर्ष २०२४÷०२५ का लागि पोखरा चौतारीका अध्यक्ष परशुराम पौडेल, न्यूरोड चौतारीका अध्यक्ष माधब बास्ताकोटी, सुन्दर चौतारीका हरिमाष दजाडी र सहनशिल बरालले हालसम्म गरेका कार्यसहित भावी योजना प्रस्तुत गरेका थिए । उनीहरुले समेत आगामी योजनामा स्वास्थ्य, शिक्षा, वातावरण लगायतका क्षेत्रमा कार्य गर्ने प्रतिबद्धता ब्याक्त गरे ।

    कार्यक्रमको पहिलो सत्रको अध्यक्षता पोखरा चौतारीका २०२३÷०२४ अध्यक्ष ऐन बहादुर ऐरले गरेका थिए। कार्यक्रमका स्वागत मन्तब्य पोखरा चौतारीका पूर्व अध्यक्ष एवं पूर्व डिष्ट्रिक गभर्नर ध्रुर्ब बहादुर थापाले गरेका थिए ।

    कार्यक्रम संचालन पोखरा चौतारीका पूर्व अध्यक्ष एवं जोनचेयर पर्सन राजेन्द्र बहादुर कार्कीले गरेका थिए । त्यस्तै कार्यक्रमा धन्यवाद ज्ञापन क्लवका पूर्व अध्यक्ष एवं डिष्ट्रिक्ट सचित कृष्ण बहादुर अधिकारीले गरेका थिए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.