• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

ओपन टेनिसमा आरव र सुनिरा च्याम्पियन

  •    शुभेच्छा न्यूज  /१६ पुष २०८१, मंगलवार १६:५१ ,  प्रकाशीत
  • पोखरामा सम्पन्न २१ औं माछापुच्छ«े बैंक पोखरा ओपन तथा भेट्रान्स टेनिस अन्तर्गत सम्पन्न प्रतियोगितामा आरव सम्राट हाडा र सुनिरा थापा च्याम्पियन बनेका छन् ।

    कास्की जिल्ला टेनिस संघद्वारा आयोजित प्रतियोगिताको मंगलबार सम्पन्न फाइनलमा आरव सम्राट हाडाले प्रतिद्वन्दी प्रनव मानन्धर र सुनिरा थापाले सलोनी तामाङलाई पराजित गर्दै च्याम्पियन बनेका हुन् ।

    मेन्स सिंगल्सतर्फको फाइनलमा आरवले प्रनवलाई ६–१, ६–१ ले पराजित गर्दा सुनिराले सलोनीलाई ६–२, ६–३ को सोझो सेटमा पराजित गरे । च्याम्पियन भएका दुबैले समान नगद रु ८०–८० हजार प्राप्त गर्दा उपविजेताले जनही नगद रु ४०–४० हजारका साथमा ट्रफी प्राप्त गरेका छन् ।

    यस्तै ३५ वर्ष माथीको सिंगल्समा पूर्व नं १ जितेन्द्र परियारले प्रतिद्वन्दी सन्तोष खत्रीलाई ६–१, ६–२ को सोझो सेटमा पराजित गर्दै च्याम्पियन भएका छन् । जितेन्द्रले ट्रफीका साथ रु ६० हजार र उपविजेता सन्तोषले नगद रु ३० हजारका साथमा ट्रफी हात पारे ।

    ४५ वर्ष माथीको सिंगल्स फाइनलमा कमल भण्डारी बिजेता बनेका छन् । उनले रोहित सुनुवारलाई ६–०, ६–२ ले पराजित गरे । बिजेताले नगद ४० हजार तथा उपबिजेता रोहितले २० हजारसहित ट्रफि प्राप्त गरे भने ५५ वर्ष माथी फाइनल स्पर्धामा चन्द्र शाही बिजयी भए । उनले जिवन घिमिरेलाई ६–२, ६–२ को सोझो सेटमा पराजित गरे । चन्द्रले नगद ३० हजार उपबिजेता जिवनले १५ हजार नगदसहित ट्रफि प्राप्त गरे ।

    बिजेता खेलाडीहरुलाई माछापुच्छ«े बैंकका संस्थापक तथा केसी ग्रुपका डाइरेक्टर किरण केसी, नेपाल टेनिस संघका उपाध्यक्ष बिनोद कायस्थ प्रतियोगिताका प्रायोजक संस्थाका प्रतिनिधीहरु, प्रतियोगिताका संयोजक नविन चालिसे, संघका कोषाध्यक्ष विष्णु बहादुर थापा, सचिव भिष्मराज पौडेललगायतले नगद तथा ट्रफी वितरण गरेका थिए ।

    समापन कार्यक्रम संघका अध्यक्ष राजकुमार गुरुङ (राजु)को अध्यक्षतामा भएको थियो । यहि पौष ११ गतेबाट सञ्चालन भएको प्रतियोगितामा १ सय ४० भन्दा बढि खेलाडीहरुको सहभागिता रहेको टुर्नामेन्ट डाइरेक्टर कुमार अधिकारीले जानकारी दिए ।

    यसै बिच प्रतियोगितामा बिजेता भेट्रान्स खेलाडीहरुले प्रतियोगिताका लागि खटिएका बल ब्वाईहरुलाई आफूले प्राप्त गरेको नगद राशी हस्तान्तरण गरेका छन् ।

    नगद सहयोग हस्तान्तरण गर्नेहरुमा उत्तम कुमार शेर्पा, जित प्रधानले समान नगद रु १०–१० हजार, हेमराज ढकालले १० हजार, मनोज राणाले ७ हजार ५ सय तथा जोलि टार्जनले २ हजार ५ सय जुनियर टेनिस सन्दीप बिकलाई प्रदान गरे ।

    प्रतियोगितामा खेल्छ गण्डकी कार्यक्रम अन्तर्गतका १२ जना खेलाडीहरु बल व्वाईको रुपमा खटिएका थिए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.