• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

गीत संगीत बिना पर्यटन अधुरो

  •    शुभेच्छा न्यूज  /२७ पुष २०८१, शनिबार ०९:५३ ,  प्रकाशीत
  • गण्डकी विश्वविद्यालयका कुलपति प्राडा गणेशमान गुरुङले संगीतबिना पर्यटन अधुरो हुने बताएका छन । शुक्रबार राष्ट्रि«य संगीतकर्मी संघ गण्डकी प्रदेशले नेपालको पहिलो होम स्टे सिरुबारीमा आयोजना गरेको संगीत र पर्यटन विषयक गोष्ठी गोष्ठीको उद्घाटन गर्दै प्रमुख अतिथि उपकुलपति गुरुङले संगीतामार्फत पर्यटनको विकासमा अघि बढ्ने उल्लेख गरे ।

    उनले भने, ‘हामीले जानेको ज्ञान, विद्या अरुलाई बाँड्नुपर्छ । संगीतामार्फत पर्यटनको विकासमा अघि बढ्नुपर्छ ।’ संविधानसभा सदस्य समेत रहेका उनले गाउँ विकासका लागि सधैं दत्तचित्त रहेको बताउँदै बिदा उनेवित्तिकै सिरुबारी आउने गरेको उल्लेख गरे ।

    संस्कृतिविद् प्राडा कुसुमाकर न्यौपानेले संगीतमा निकै ठूलो शक्ति रहेको बताए । संगीत र पर्यटनबारे गोष्ठीपत्र प्रस्तुत गर्दै उनले मन र मस्तिष्क दुवैलाई धक्का दिन सक्ने संगीतले मानवमात्र नभई पशुपंक्षीलाई पनि मन्त्रमुग्ध बनाउने बताए । उनले संगीतको माध्यमबाट पर्यटन प्रवद्र्धनमा उल्लेख्य टेवा मिल्दै आएको उनको भनाइ थियो ।

    रेडियो नेपाल प्रादेशिक केन्द्र पोखराका प्रमुख शान्ति गुरुङले संगीत जति बुभ्mयो त्यति गहिरो रहेको बताइन् ।

    राष्ट्रि«य संगीतकर्मी संघका केन्द्रीय महासचिव विनोद ढकालले हाल देशभर संघका ६२ जिल्लामा शाखा संचालित रहेको बताए ।

    कार्यक्रममा गण्डकी विश्वविद्यालयका कुलपति प्राडा गणेशमान गुरुङ, संस्कृतिकर्मी प्राडा कुसुमाकर न्यौपाने, संघका महासचिव विनोद ढकाल, केन्द्रीय सदस्य शंकर ढकाल, संघका स्याङ्जा प्रमुख सल्लाहकार मुक्तिप्रसाद रेग्मीलाई सम्मान गरिएको थियो ।

    सो अवसरमा आँधीखोला गाउँपालिकाका अध्यक्ष विश्व पौडेल, गाउँपालिका सदस्य अमन सुनार, गुरुङ फिल्मका महानायक ताराबहादुर गुरुङ, आँधीखोला गाउँपालिका वडा १ का अध्यक्ष पवनकाजी अधिकारी, संघका केन्द्रीय सदस्यद्वय शंकर ढकाल, ऋषिराम दाहाल, संघका स्याङ्जा शाखाका प्रमुख सल्लाहकार मुक्तिप्रसाद रेग्मी, वाराही मावि पोखराका प्रअ शिवप्रसाद भण्डारी, संघ गण्डकीका मानार्थ सदस्य प्रेमबहादुर रोका, संघका स्याङ्जा अध्यक्ष बुद्धिबहादुर परियार, संघ गण्डकी प्रथम उपाध्यक्ष लीलाराम पौडेल, लायन्स क्लब अफ पोखरा सेन्ट्र«ल सिटीका सचिव इन्द्रप्रसाद ढकाल लगायतको उपस्थिति थियो ।

    राष्ट्रि«य संगीतकर्मी संघ गण्डकी प्रदेशक अध्यक्ष रामचन्द्र ढकालले संस्थाका गतिविधिबारे प्रकाश पारे । अध्यक्ष ढकालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत संस्थाका द्वितीय उपाध्यक्ष सागर कार्की र संचालन महासचिव बालकृष्ण शर्माले गरेका थिए ।

    कलाकारको हकहितमा काम गर्दै आएको संघको विदेशमा पनि शाखा बिस्तार छ । बेलायत, अमेरिका, जापान, दुवई, भारत लगायत राष्ट्र«मा पनि शाखा बिस्तार गरेको संघका महासचिव ढकालले जानकारी दिए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.