• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

गण्डकी प्रदेश साहसिक खेल पर्यटनको हब बन्न सक्नेछः प्रदेश प्रमुख भट्ट

  •    शुभेच्छा न्यूज  /२१ फाल्गुन २०८१, बुधबार १९:४५ ,  प्रकाशीत
  • गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले गण्डकी प्रदेशलाई साहसिक तथा पर्वतीय खेलकुद पर्यटनको हबका रुपमा विकास गर्न सकिने बताएका छन ।

    अल्पाइन स्पोर्ट्स फेडेरेशन, गण्डकी प्रदेशको प्रथम साधारणसभामा प्रमुख अतिथि भट्टले नेपाल विश्वमै लोकप्रिय साहसिक तथा पर्वतीय खेलको केन्द्रबिन्दु बन्न सक्ने बताउँदै मुलुकभित्र पनि गण्डकी प्रदेशलाई हबका रुपमा विकास गर्न सकिने बताए । उनले भने,‘गण्डकी प्रदेशलाई हिमाल पारीको जिल्ला मुस्ताङ र मनाङ गण्डकी प्रदेशमा अवस्थित छन् । मनोरम माछापुच्छ«े, धौलागिरी, अन्नपूर्ण हिमश्रृंखलालाई ऐना बनाएर खेल खेल्नका लागि विदेशबाट खेलाडीहरु यहाँ ल्याउन सकिन्छ ।’

    गण्डकी प्रदेश सरकार, संघ सरकार र स्थानीय तहहरुले पनि धेरैअघिदेखि केही प्रयास गरेको पाएको बताउँदै उहाँले राष्ट्रिय खेलकुद परिषदको अगुवाईमा मनाङको तिमाङमा ‘हाई अल्टिच्युड ट्रेनिङ सेन्टर’ निर्माण, मुस्ताङको लोमाञ्थाङमा विश्वकै अग्लो गल्फ कोर्स निर्माण, गण्डकी प्रदेश सरकारले मुस्ताङको बारागुङ मुक्तिक्षेत्रमा हाई अल्टिच्युड खेल मैदान तथा ट्रेनिङ सेन्टर निर्माण प्रक्रिया अघि बढाउनु सकारात्मक पक्ष रहेको बताए ।

    पर्वतीय तथा उच्च हिमाली क्षेत्रमा खेलिने खेललाई आवश्यक मैदान तथा भौतिक पूर्वाधारको अभाव, जनशक्ति अभाव तथा समुदायबाट टाढा रहेर खेल्नुपर्ने जस्ता समस्याहरु भोग्नुपर्ने भएकाले राज्यले अब खेल पर्यटनलाई बढावा दिई यस्ता सम्भावना युक्त क्षेत्रहरुमा लगानी बढाउन आवश्यक रहेकोमा उहाँले जोड दिए । ‘आवश्यक पूर्वाधारहरुको विकास गर्दै खेलकुद मार्फत पर्यटक आकर्षित गरेर राष्ट्रिय आम्दानी बढाउन सकिनेछ’,उनले भने,‘यसै आवश्यकतालाई मध्यनजर गर्दै गण्डकी खेलकुद परिषद्को स्वीकृतिमा अल्पाइन स्पोर्टस् फेडेरेशन, गण्डकी प्रदेश स्थापना भएकोमा खुशी लागेको छ ।’

    साहसिक, पर्वतीय, हिमाली, उच्च हिमाली, अल्पाइन तथा हिउँजन्य खेलमार्फत् पर्यटन प्रवद्र्धन, आर्थिक उन्नति तथा खेल क्षेत्रको विकासमा योगदान पु¥याउन विशेष खेलसंघको रुपमा अल्पाइन स्पोर्टस् फेडेरेशन, गण्डकी प्रदेश स्थापना गरिएकोमा उहाँले प्रगतिको कामना पनि गरे ।

    फेडेरेशनले अल्पाइन तथा पर्वतीय, साहसिक खेलहरु आयोजना, यससँग सम्बन्धित सीपमुलक तालिम सञ्चालन, ट्रेकिङ गाइड, वाल क्लाइम्बिङ साथै हिउँसँग सम्बन्धित सीपमूलक र प्रवद्र्धनात्मक कार्यहरु, उद्धार सेन्टर, अल्टिच्युड सम्बन्धी तालिमका साथै भौतिक पूर्वाधार निर्माण लगायतका योजनाहरु राखेकोमा उद्देश्यप्राप्तिको लागि शुभकामना पनि व्यक्त गरे ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.