पोखरामा कोटिहोमको भूमिपूजन रोक्न खोज्दा नगर प्रहरी र कोटीहोम सञ्चालकबीच भएको झडपमा १७ जना घाइते भएका छन्।
मानव सेवा फाउन्डेनले आयोजना गर्न लागेको कोटिहोमको भूमि पूजन कार्यक्रममा पुगेको नगर प्रहरी र आयोजक बिचमा झडप भएको हो ।
झडपमा परेर महानगरपालिकाका प्रहरी ८ जना र कोटीहोम पक्षधर ९ जना घाइते भएका छन्। घाइतेको सिर्जनाचोकस्थित मेट्रोसिटी अस्पताल र पृथ्वीचोकको गण्डकी मेडिकल हस्पिटलमा उपचार भइरहेको छ।
महानगरको बिना अनुमति सञ्चालन गर्न खोजिएको भन्दै महानगर प्रहरीले भूमि पूजा रोक्न पुगेको थियो । तर, त्यहाँ मानव सेवा फाउन्डेसनले विभिन्न हतियारधारी तैनाथ गरिएको थियो ।
कोटिहोमको विवाद अलादतसम्म पुगेको छ । कोटिहोमको नाममा मानव फाउन्डेसनले अवैद्य तरिकाले पोखराका संरक्षित चौताराहरु काटेपछि विवाद सुरु भएको हो ।

Related