पोखरा महानगरपालिका ४ का अध्यक्ष देवकृष्ण पराजुली पक्राउ परेका छन् ।
चिप्लेढुंगास्थित सर्वेश्वर मार्गमा कस्मेटिक पसल सञ्चालन गर्दै आएका लेखनाथ सुवेदीमाथि मंगलबार दिउँसो हातपात गरेको जाहेरीका आधारमा वडाध्यक्ष पराजुलीलाई पक्राउ गरिएको हो ।
वडाध्यक्ष पराजुलीले मंगलबार महानगरको प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा प्रशासन शाखा प्रमुख इश्वरीप्रसाद पोख्रेललाई हातपात गरेका थिए ।
कर्मचारीलाई आन्तरिकरुपमा दिइएको तालिम कसलाई सोधेर आयोजना गरेको भन्दै कुटपिट गरेका थिए ।
पोखराको ढिकीडाँडाबाट पक्राउ गरिएका पराजुलीविरुद्ध सार्वजनिक हित, स्वास्थ्य, सुविधा तथा नैतिकताविरुद्धको कसुरमा अनुसन्धान अगाडि बढाइने प्रहरीको भनाइ छ ।

Related