• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

तेस्रो टिभिएस स्पोटर््स् अवार्डको लागि बगर भाइखलक यूके र सहारा हङकङले सहयोग गर्ने

  •      /१३ जेष्ठ २०७५, आईतवार १५:४३ ,  प्रकाशीत
  • पोखरा । तेस्रो टिभिएस अपाचे पोखरा स्पोर्ट्स् अवार्ड २०७४ सफल पार्न बगर भाइखलक यूके र सहारा हङकङले सहयोग प्रदान गरेका छन् । पोखरामा आईतबार एक समारोहबीच विदेशबाट प्राप्त सहयोग आयोजक नेपाल खेलकुद पत्रकार मञ्च, कास्कीलाई हस्तान्तरण गरियो ।

    बगर भाइखलक युकेका अध्यक्ष चन्द्रमान गुरुङको अगुवाईमा त्यहाँ संकलित एक लाख १० हजार रुपैंया सदस्य मेचनमान गुरुङ र सहारा हङकङका अध्यक्ष दीपक गुरुङबाट संकलित ३० हजार रुपैंया संस्थाका सहकोषाध्यक्ष प्रविन गुरुङ (नवराज) ले मञ्चका अध्यक्ष केशव पाठकलाई हस्तान्तरण गरे ।
    यूकेबाट संकलित रकममा तमु प्ये ल्हु संघ यूकेका अध्यक्ष मेजर खुशीमान गुरुङले २२ हजार सहयोग गरेका थिए । फोक्सटन नेपाली कम्युनिटी यूकेका अध्यक्ष चन्द्र बहादुर गुरुङले २५ हजार र यूकेबाटै सूर्य गुरुङले २५ हजार रुपैंया सहयोग गरिसकेका छन् । हस्तान्तरण समारोहमा सहारा क्लब पोखराका अध्यक्ष केशव बहादुर थापा, बास्केटबल संघका केन्द्रिय उपाध्यक्ष जुम गुरुङ लगायतको उपस्थिति रहेको थियो ।
    मञ्चका अध्यक्ष केशव पाठकले यसअघिका दुई संस्करण आयोजना गर्दा अधिक सहयोग विदेशबाटै प्राप्त भएको स्मरण गर्दै यस्तै सहयोगको अपेक्षा गर्दै सहयोगी प्रती आभार प्रकट गरेका छन ।
    यसैबीच, जेठ १८ गते आयोजना हुने तेस्रो टिभिएस अपाचे पोखरा स्पोर्ट्स् अवार्ड २०७४ को तयारी अन्तिम चरणमा पुगेको छ । पोखरा स्पोटर््स् अवार्डको सर्वोत्कृष्ट वर्ष खेलाडी पुरुषमा कमलबहादुर भण्डारी (शारिरिक सुगठन), करण केसी (क्रिकेट) र तिलक पुन मगर (आर्चरी), सर्वोत्कृष्ट वर्ष खेलाडी महिलातर्फ बिमला नेपाली (सितेरियो कराँते), कमला पुन (हक्की) र केशरी आले मगर (आर्चरी) मनोयनमा परेका छन् ।
    वर्ष उत्कृष्ट उदीयमान खेलाडीतर्फ विवेक अधिकारी (एथ्लेटिक्स), बुद्धिमाया मगर ‘कविता’ (कबड्डी) मेगबहादुर सेन (क्रिकेट), वर्ष उत्कृष्ट प्रशिक्षक बिधामा जीवन घिमिरे (शारीरिक सुगठन), रिजन प्रजु (क्रिकेट) र शिवबहादुर गुरुङ (फुल कन्ट्याक्ट कराँते) मनोनयनमा परेका छन् । विजेताहरुले टिभिएस अपाचे मोटरसाइकल, टिभिएस विगो स्कुटर, नगद, ट्रफी लगायत पुरस्कार प्राप्त गर्नेछन् । लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रा.डा. वीरेन्द्रसिंह गुरुङ, उत्कृष्ट खेल संघ जिल्ला ब्याडमिन्टन संघ कास्की र एक जना पत्रकारलाई खेल पर्यटन पत्रकारिता पुरस्कार समेत अर्पण गरिनेछ । उत्कृष्टलाई वल्र्डवाइड कनेक्सन चिप्लेढुंगाको तर्फबाट एक÷एक थान सामसुङ कम्पनीको मोबाइल समेत प्रदान गरिनेछ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.