• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

गोरखामा तोेकिएको समयमा काम सम्पन्न नगर्ने १०५ ठेकेदारको नाम गृहमा

  •      /१४ जेष्ठ २०७५, सोमबार ०४:२७ ,  प्रकाशीत
  • गोरखा : जिल्ला प्रशासन कार्यालयले जिल्लाभित्र विकास निर्माणको कामको जिम्मा लिएर पूरा नगर्ने निर्माण कम्पनी तथा व्यवसायीको नाम गृह मन्त्रालयमा पठाएको छ। केही दिन अघि गृहमन्त्री रामबहादुर थापाले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई पत्राचार गरी काम नगर्ने ठेकेदारको विवरण पठाउन निर्देशन दिएपछि जिल्ला प्रशासनले पनि विवरण पठाउन थालेको हो।

    ‘निर्माणको काम नगर्ने, गरे पनि सुरु मात्रै गरेर म्याद थप गर्न आग्रह गर्ने काम गर्न आलटाल गर्ने कम्पनी र व्यवसायीको विवरण गृहमन्त्रालयमा पठाउन थालिएको छ’ प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले भने, ‘जिल्ला प्रशासनले सम्बन्धित विषयगत कार्यालयबाट काम जिम्मा लिने तर काम नगर्नेहरू पहिचान गरी गृहमा विवरण पठाएको हो।’ विकास निर्माणको कामलाई हेलचेर्क्‍याई गर्ने ठेकेदारमाथि कारबाहीको प्रक्रिया सुरु भएको प्रजिअ भट्टराईले जानकारी दिए।

    गृहमा सिफारिस भएका ठेकेदारहरू ११ किलो छेपेटार भालुस्वाँरा बारपाक सडक आयोजना, शहरी विकास तथा भवन डिभिजन कार्यालय र जिल्ला आयोजना कार्यान्वयन इकाइबाट सडक, पुल, विद्यालय भवन, सरकारी भवनहरू जिम्मा लिएर समयमै काम पुरा नगर्नेहरू छन्। गोरखा प्रशासनले काम नगर्ने १०५ ठेकेदारको नामावली समेत तयार पारेको छ।

    त्यस्तै जिल्ला प्रशासनले कारबाहीको दायरामा ल्याउनु अघि सम्बन्धित व्यावसायिक फर्मका प्रतिनिधिहरूलाई प्रशासनको सम्पर्कमा आउन समेत अनुरोध गरेको छ। प्रशासनले आयोजनाको म्याद सकिएको र काम छाडेर भाग्ने ठेकेदारलाई कालोसूचीमा राख्न प्रक्रिया अघि बढाई कारबाही गरिने जनाएको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.