काठमाडाैं/ ३८ सय किलो सुन काण्डमा मुछिएर पनि फरार रहेका वरिष्ठ उपरीक्षक (एसएसपी) श्याम खत्रीले आत्मसमर्पण गरेका छन् । खत्रीले जिल्ला अदालत मोरङमा आत्मसमर्पण गरेका हुन् ।
फरार रहेका उनको खोजीका लागि अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) मार्फत नोटिस जारी भएको थियो । सुन तस्करी, हत्या र सांगठनिक अपराधलगायतका विषयमा जिल्ला प्रहरी कार्यालय, मोरङद्वारा ६३ जनामाथि मुद्दा दर्ता गरिएमा उनी फरारको सूचीमा थिए । सो घटनामा अब फरार अभियुक्तको संख्या ३१ रहेको छ ।
अनुसन्धानका क्रममा खत्रीले अाफू विमानस्थलभित्र कार्यरत रहँदा अाफ्नै कार्यकक्षबाट सुन तस्करी गरेकाे खुलेकाे थियाे । यही अाधारमा उनलार्इ जिल्ला प्रहरी कार्यालय माेरङले प्रतिवादी बनाएर मुद्दा चलाएकाे थियाे ।
यस्तै, सुन तस्करीकाे अाराेप लागेका अन्यमा हवल्दार अमर बहादुर थापा साधारण लेखपढ र प्रहरी जवान विष्णु खड्का चाहिँ १५ हजार धराैटीमा छुटिसकेका छन् ।
अहिले जिल्ला अदालत मोरङमा खत्रीकाे बयान सुरु भएको छ।

Related