• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

स्पोर्ट्स अवार्डको पूर्वसन्ध्यामा टिभिएसको ¥याली, तयारी पूरा

  •      /१७ जेष्ठ २०७५, बिहीबार १०:४८ ,  प्रकाशीत
  • पोखरा, १७ जेठ । तेस्रो टिभिएस अपाचे पोखरा स्पोर्ट्स् अवार्ड २०७४ को पूर्वसन्ध्यामा मुख्य प्रायोजक बतास ब्रदर्श प्रा.लि. र आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कास्कीले विहीबार पोखरामा ¥याली निकालेको छ ।
    युवाहरुमाझ लोकप्रिय टिभिएसको उत्पादन जुपिटर भर्सन २ र अपाचे आरटीआर २०० लिएर झण्डै ५० खेलाडीहरु ¥यालीमा सहभागी भए । बतास ब्रदर्श प्रालि.को कार्यालय नयाँबजारबाट सुरु भएको टिभिएस ¥याली महेन्द्रपुल, चिप्लेढुंगा, सभागृहचोक, सृजनाचोक, हल्लनचोक, लेकसाइड, राष्ट्रबैंकचोक, विरौटाचोक, पृथ्वीचोक हुँदै पुनः कार्यालयमै पुगेर समापन भएको थियो ।
    ¥यालीमा नेपाल खेलकुद पत्रकार मञ्च कास्कीका अध्यक्ष केशव पाठक, बतास ब्रदर्श प्रालिका सेल्स मेनेजर सन्तोष पोखरेल, कास्की जिल्ला खेलकुद बिकास समितीका कोषाध्यक्ष दिपक गोदार लगायत चार दर्जन युवा खेलाडीहरु टिभिएसको बाइक र स्कुटरमा सहभागी रहेका थिए ।
    शुक्रबार हुने तेस्रो टिभिएस अपाचे पोखरा स्पोर्ट्स् अवार्ड २०७४ को तयारी पूरा भएको छ । पोखरा सभागृहमा दिउँसो २ बजेदेखि हुने कार्यक्रममा युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्मा प्रमुख अतिथिका रुपमा पोखरा आउनेछन् । चर्चित गायकहरु कर्णदास, एस कुमार, विनोद बानियाँका प्रस्तुति, हिमाली सांस्कृतिक परिवारका समेत प्रस्तुति रहनेछ । कार्यक्रममा प्रवेश निःशुल्क रहेको सचिव रञ्जन अधिकारीले जानकारी दिए ।
    पोखरा स्पोटर््स् अवार्डको सर्वोत्कृष्ट वर्ष खेलाडी पुरुषमा कमलबहादुर भण्डारी (शारिरिक सुगठन), करण केसी (क्रिकेट) र तिलक पुन मगर (आर्चरी) परेका छन् । सर्वोत्कृष्ट वर्ष खेलाडी महिलातर्फ बिमला नेपाली (सितेरियो कराँते), कमला पुन (हक्की) र केशरी आले मगर (आर्चरी) मनोयनमा अटेका छन् ।
    वर्ष उत्कृष्ट उदीयमान खेलाडीतर्फ विवेक अधिकारी (एथ्लेटिक्स), बुद्धिमाया मगर ‘कविता’ (कबड्डी) मेगबहादुर सेन (क्रिकेट) मनोनित छन् भने वर्ष उत्कृष्ट प्रशिक्षक बिधामा जीवन घिमिरे (शारीरिक सुगठन), रिजन प्रजु (क्रिकेट) र शिवबहादुर गुरुङ (फुल कन्ट्याक्ट कराँते) मनोनयनमा परेका छन् ।
    विजेताहरुले टिभिएस अपाचे मोटरसाइकल, टिभिएस विगो स्कुटर, नगद, ट्रफी लगायत पुरस्कार प्राप्त गर्नेछन् । लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रा.डा. वीरेन्द्रसिंह गुरुङ, उत्कृष्ट खेल संघ जिल्ला ब्याडमिन्टन संघ कास्की र एक जना पत्रकारलाई खेल पर्यटन पत्रकारिता पुरस्कार समेत अर्पण गरिनेछ । पोखरेली गायक बिनोद बानियाँलाई समेत सम्मान गरिनेछ । उदियमान खेलाडी र सम्मानित पत्रकारलाई वल्र्डवाइड कनेक्सन चिप्लेढुंगाको तर्फबाट एक÷एक थान सामसुङ कम्पनीको आकर्षक मोबाइल समेत प्रदान गरिनेछ ।
    टिभिएस अपाचे पोखरा स्र्पोट्स अवार्ड सफल बनाउन विभिन्न संघ संस्था र विदेशमा रहेका नेपालीहरुले स्वत्तस्फुर्त रुपमा सहयोग गरेका छन । यस्तो सहयोग पु¥याउनेमा यूवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद, पोखरा लेखनाथ महानगर पालिका, पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समिती, कास्की जिल्ला खेलकुद बिकास समिती, नेपाल ह्याण्डबल संघ, तमु धि युके, यज्ञलाल श्रेष्ठ क्यालिफोर्निया अमेरीका, बगर भाइ खलक युके परिवार, सहारा युके परिवार, सहारा हङकङ परिवार, सहारा क्लव पोखरा, मिलन गुरुङ एन्फा कास्की, मेजर खुसिमान गुरुङ एम.भि.ओ तमु प्लु संघ अध्यक्ष युके रहेका छन ।
    त्यसै गरि अन्य सहयोगीमा चन्द्रमान गुरुङ, अध्यक्ष बगरभाइ खलक युके, चन्द्र बहादुर गुरुङ अध्यक्ष फोक्सटन नेपाली कम्युनिटी परिवार युके, डिलाइट स्र्पोट्स महेन्द्रपुल, परिचय एडर्भटाइजिङ पोखरा लगाएत रहेका छन ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.