• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

मणिपाल अस्पतालको आन्दोलनबाट युनियन पछि हट्यो, डेढहप्तामा सेवा सूचारु

  •      /१८ जेष्ठ २०७५, शुक्रबार १६:०२ ,  प्रकाशीत
  • पोखरा । पोखराको फुलवारीस्थित रहेको मणिपाल शिक्षण अस्पतालको सेवा सूचारु भएको छ ।आन्तरिक बिवादका कारण अस्पतालका सेवा ठप्प भएपछि स्थानीय प्रशासन, नागरिक समाज ,स्थानीय फूलबारी क्लब र प्रदेश सरकारको दवावपछि डेढहप्तामा सेवा सूचारु भएको हो।
    अस्पताल प्रशासनले फार्मेसीमा कार्यरत ४ जना कर्मचारीलाई आपर्थिक हिनामिना गरेको आरोपमा निस्कासन गरेपछि मणिपालका कर्मचारी युनियनको अगुवाईमा आन्दोलन चर्काएका कारण आकस्मिक बाहेकका अन्य सेवा ठप्प थियो ।
    प्रदेश सामाजिक विकास मन्त्रालय, स्थानीय फूलबारी क्लब, र नागरिक समाजका अगुवाहरुको सक्रियतामा स्वास्थ्य संस्था संवेदनशील क्षेत्र भएको भन्दै सेवा सूचारु गर्न पटक पटक आग्रह गरिएको थियो । तर, प्रशासन र कर्मचारी आ¥आफ्नो अडानबाट पछि नहटेपछि १२ दिन देखि आन्दोलन निरन्तर चल्दै आएको थियो।
    अस्पतालको ओपिडी, जनरल वार्ड सहित सबै सेवाहरु निर्वाध सञ्चालनमा आएको अस्पताल प्रशासन प्रमुख भानु भारद्वाजले बताए । आन्दोलनरत कर्मचारी र अस्पताल प्रशासनबीच कुनै लिखित सम्झौता नएको उनले बताए। ‘आन्दोलनरत कर्मचारी र विभिन्न ठाउँबाट दावाव आएको थियो तर, हामीले कुनै सम्झौता गरेनौ’ प्रमुख भारद्वाजले भने। ‘हामीले आर्थिक अनियमितता भएको पुष्टि गरेरै उनीहरुलाई निष्काशन गरेका हौ,’ कुनै सम्झौतत गर्ने कुरै भएन ।’
    अस्पताल प्रशासन संग कुनै लिखित सम्झौता बिनानै आन्दोलनका कार्यक्रम र्फिता लिएको निस्कासनमा परेका कर्मचारी टेकबहादुर विकले बताए। ‘अस्पताल प्रशासनले कर्मचारीका मागलाई बेवास्ता गर्दै मुकदर्शक बनेपछि मानवीय संबेदनालाई मध्यनजर गर्दै आन्दोलन स्थगन गरेका हौं’ उनले भने। ‘मानवीय संवेदनशीलतालाई बुझेर कर्मचारी साथिहरुलाई काममा फर्कन आग्रह गरेका छौं ।’
    अस्पताल जस्तो सम्वेदनशिल ठाउँमा आन्दोलन चर्किएपछि प्रदेश ४ का मुख्यमन्त्री पृथ्विसुब्बा गुरुङको निर्देशनमा सामाजिक विकास मन्त्री नरदेवी पुनको अगुवाईमा बसेको बैठकमा सर्वपक्षिय छानबिन समिति गठन गरिनुपर्ने प्रस्ताव राखिएको थियो। तर, अस्पताल प्रशासनले बर्खास्तमा परेका कर्मचारीलाई अस्पतालले छानबिन पश्चात्त दोषि पाइएकाले निकालिएको जिकिर गर्दै सर्वपक्षिय छानबिन समिति गठन गर्न नपर्ने भन्दै सहमतिमा नआएपछि आन्दोलनरत कर्मचारीनै पछि हटेपछि सेवा सूचारु भएका हुन्।
    यसअघि पनि मन्त्री पुनको रोहवरमा पटक पटक भएका वार्तामा समेत दुवैपक्ष आ–आफ्नो अडानमा अडिग भएपछि बर्ता बिना निर्कष टुङ्गिएका थिए। अस्पतालको बिवादलाई दुवै पक्षले आफ्नो प्रतिष्ठाको बिषय ठानेका कारण नै बार्ता बिफल बन्दै गएका थिए।
    यस भन्दा पहिले पनि मणिपाल अस्पताल प्रशासन र त्यहाँ कार्यरत चिकित्सकहरु बीचको बिवादले तीन महिना अस्पतालका सेवा ठप्प भएका थिए। चिकित्सकले सेवा ठप्प पारेर आन्दोलन चर्काएपछि प्रदेश सरकारले सामाजिक सुरक्षा मन्त्रीको संयोजकत्वमा दुवैपक्ष बीच वार्ता भएको थियो तर, त्यस वार्तामा चिकित्सकका जायज मागपनि प्रशासनले पुरा गर्न नसक्ने अड्डी लिएर प्रदेश सरकारलाई नै चुनौति दिएको थियो।
    आन्दोलनरत कर्मचारी युनियन आन्दोलनबाट पछि हटेर अस्पताल सूचारु गरे पनि अब आन्दोलनको स्वारुप मात्र परिबर्तन भएको बिकले बताए। ‘अब, आन्दोलनलाई कसरी सञ्चालन गर्ने भन्ने विषयमा निश्कर्ष निकालेका छैनौ’ उनले भने। ‘छलफल गरेर थप आन्दोलन गर्छौ।’

     

     

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.