देशको समृद्धी र निकासको लागि पार्टी एकीकरण ः नेता दाहाल
/१९ जेष्ठ २०७५, शनिबार १५:३५ , प्रकाशीत
पोखरा ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको समृद्धि र निकासको लागि एमाले र माओवादी केन्द्र बीच पार्टी एकता गरिएको बताएका छन््।
आफ्नो जन्म गाँउ कास्कीको अन्नपूर्ण गाउँपालिका अन्र्तगत पर्ने ढिकुरपोखरीमा शनिवार भएको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले संगठनको हिसावले मात्रै ठुलो पार्टी बनाउन पार्टी एकता नगरिएको स्पष्ट पार्दै एकतासँग नेपाली जनताको समृद्घिको सपना जोडिएको बताए।
अध्यक्ष दाहालले विगतमा भएका पार्टी एकता भन्दा यसपटकको एकता निकै पृथक रहेको चर्चा गर्दै अव देशले निकास पाउने दावी गरे। पार्टी एकता अघि तत्कालिन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र आफुले विगत ७० वर्षको नेपालको विकासको विश्लेषण गरेको जानकारी दिर्दै अध्यक्ष दाहालले एकतालाई, प्रदेश र संघको चुनावको परिणमले अनुमोदन गरेको दावी गरे। उनले आफुलाई ढिकुरपोखरीले नै जन्माएको र अव मर्न पनि ढिकुरपोखरीमा नै मर्ने उद्घोष गरे।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अन्नपूर्ण गाउँपालिकाको आयोजनामा भएको उक्त कार्यक्रममा नेकपाका स्थायी कमिटि सदस्य सोमनाथ अधिकारी ‘प्यासी’, नेकपाका केन्द्रीय सदस्य एवं पुर्व स्वास्थ्य मन्त्री खगराज पौडेल, केन्द्रीय सदस्य राजकाजी गुरुङ, नेकपाका नेता कृष्ण थापा, तत्कालिन माओवादी केन्द्र कास्कीका इन्चार्ज बखानसिंह गुरुङ लगायतका नेताहरुले आ–आफ्ना धारणा राखेका थिए।

Related