शुभेच्छा न्यूज पोखरा । प्रदेश ४ को नाम गण्डकी राख्न सिफारिस गर्दै प्रदेश सभाद्वारा गठित समितिले सोमबार संसदमा प्रतिवेदन पेस गरेको छ । सुझाव संकलनका क्रममा ७२ प्रतिशत मत गण्डकीको पक्षमा देखिएपछि गण्डकी सिफारिस गरेको समितिका ज्येष्ठ सदस्य सांसद बिन्दुकुमार थापाले संसदलाई जानकारी दिए ।
उनले प्रदेशको नामबारे सुझाव लिन जिल्लाहरुमा अन्तक्रिया गरेको, दलहरुसँग लिखित धारणा मागेको, विज्ञहरुको सल्लाह मागेको, ज्ञापनपत्रहरु बुझेको लगायत उल्लेख गरे । सांसद थापाले एमाले, कांग्रेस, जनमोर्चाले दिएको सुझावमा गण्डकीलाई प्राथमिकता क्रमको १ नम्बरमा राखिएको जानकारी दिए । त्यस्तै ११ जिल्लामध्ये ८ वटाबाट पनि पहिलो नम्बरमा गण्डकीकै पक्षमा सुझाव आएको उनले उल्लेख गरे ।
अन्तक्रियाहरुका सहभागीहरुले दिएको मतका आधारमा गण्डकी पछिको क्रममा तमुवान मगराँत नामकरणको पक्षमा मत देखिएको उनले जानकारी दिए । सांसद थापाका अनुसार समग्रमा उक्त नामका लागि २८ प्रतिशत सहभागीको सुझाव आएको तर तिनीहरुको पक्षमा निकै झिनो प्रतिशत संख्या रहेको सांसद थापाले बताए।
उनका अनुसार प्रदेशको नामकरण विषयमा ४५.४० प्रतिशतले गण्डकी ३४.१२ ले तमुवान मगराँत, ९.४५ ले गोरखा र २.८९ प्रतिशत्ले धौलागिरी राख्नुपर्ने सुझाव दिएको आधारमा समितिले नाम सिफारिश गरेको हो । यसका अलावा झिनो संख्यामा प्रदेशको नाम हिमाल, अन्नपूर्ण र माछापूच्छ्रे लगायत राख्नुपर्ने सुझाव पनि आएको थियो ।
संविधानको धारा २८८ उपधारा २ बमोजिम प्रदेशको राजधानी सम्बन्धित प्रदेश सभामा तत्काल कामय रहेका सदस्यको दुई तिहाई बहुमतबाट निर्णय हुनुपर्ने व्यवस्था छ । त्यसैगरी धारा २९५ उपधारा २ बमोजिम प्रदेशको नामकरण प्रदेशसभाको सम्पूर्ण सदस्यको दुई तिहाई बहुमतबाट हुने व्यवस्था छ ।
सुझाव संकलनमा सहभागीमध्ये ९३.८७ प्रतिशत्ले राजधानी पोखरा राख्न सुझाएका थिए । साथै ३.९९ प्रतिशत्ले गोरखा र अन्य स्थानकालागि २.१३ प्रतिशत्ले सुझाव दिएको थापाले बताए।
चैत १२ गते प्रदेश सभाले प्रदेश राजधानी र नामांकन समिति गठन गरेको थियो । सुरुमा १ महिनाको म्याद पाएको समितिलाई पहिला १० दिन थपेर वैशाख २२ सम्म समय दिइएको थियो । सबै सरोकारवालाको सुझाव नआइसकेको भन्दै समितिलाई फेरि १ महिना थपिएको थियो । जेठ २३ गते बुधबार त्यो म्याद सकिनुअघि समितिले सोमबार संसदमा प्रतिवेदन पेस गरेको हो।
समितिमा थापासहित कृष्ण थापा, चन्द्रबहादुर बुढा, दीपक कोइराला, धनन्जय दवाडी, भगवत्प्रकाश मल्ल, मधुमाया अधिकारी गुरुङ, मिनप्रसाद गुरुङ, सरीता गुरुङ, सावित्रा राना र हरिशरण आचार्य सदस्य थिए । उनीहरुले उल्लेखित समय भित्र रायसुझाव संकलन गरी जेठ २३ गते बुधबार संसदमा प्रतिवेदन पेस गरेको हो ।
समितिले प्रदेश राजधानी पोखरा सिफारिस गरेको छ । पोखरा राजधानी हुनुपर्छ भनेर ९३ दशमलव ८७ प्रतिशत सहभागीले सुझाएको जानकारी प्रतिवेदनमा छ । ‘गोरखाका पक्षमा ३ दशमवल ९९ र अन्यका पक्षमा २ दशमलव १२ प्रतिशत मत जाहेर गरेको प्रतिवेदनमा उल्लेख छ ।
शुभेच्छा न्यूज
पोखरा । प्रदेश ४ को नाम गण्डकी राख्न सिफारिस गर्दै प्रदेश सभाद्वारा गठित समितिले सोमबार संसदमा प्रतिवेदन पेस गरेको छ । सुझाव संकलनका क्रममा ७२ प्रतिशत मत गण्डकीको पक्षमा देखिएपछि गण्डकी सिफारिस गरेको समितिका ज्येष्ठ सदस्य सांसद बिन्दुकुमार थापाले संसदलाई जानकारी दिए ।

Related