• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखरामा मेगा एजुकेशन फेयर हुने

  •      /२२ जेष्ठ २०७५, मंगलवार १४:४९ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज

    पोखरा, २२ जेठ . पोखरामा तेस्रो संस्करणको ‘मेगा एजुकेशन फेयर’ हुने भएको छ । वैदेशिक अध्ययनमा जान चाहने विद्यार्थीलाई लक्षित गर्दै यस वर्षपनि शैक्षिक मेला हुन लागेको हो । इभेन्ट कम्पनी ‘वान अप’ ले पोखरामा १० महिनामै फेरि अर्को संस्करण आयोजना गर्न लागेको हो । गत साउनमा पोखरामा दोस्रो संस्करणको फेयर भएको थियो ।

    फेयर जेठ २५ र २६ गते न्यूरोड स्थित सिटी स्क्वायरमा हुनेछ । पोखरामै आधा दर्जन बढी फेयरको सफलतापूर्वक आयोजना तथा व्यवस्थापन गरिसकेको वान अपले यस फेयरलाई भव्य बनाउन कुनै कसर बाँकी नराख्ने जनाएको छ । ‘पोखरामा धेरै पटक हामी आईसक्यौं । यसअघिका मेलाहरु निकै सफल भएका थिए । यो पटक अझै भव्य तवरले शैक्षिक मेलाको तयारी हुँदैछ ।’ वान अपका प्रमुख कार्यकारी अधिकृत रविशंकर झाले भने–‘यहाँका विद्यार्थी र अभिभावकका लागि यो फेयर अत्यन्त फलदायी हुने हाम्रो विश्वास छ ।’

    दुई दिने मेला अवधीभर सिटी स्क्वायरमा २० बढी शैक्षिक परामर्श संस्थाहरुबाट वैदेशिक अध्ययन, त्यहाँको कलेज र यूनिभर्सिटीको बारेमा जानकारी दिनेछन् । विद्यार्थी तथा अभिभावकले मेलामा एउटै स्थानबाट धेरै अन्तराष्ट्रिय कलेज र यूनिभर्सिटीहरुको बारेमा जानकारी लिन पाउनेछन् ।

    आयोजकले यो पटक पनि मेलामा विद्यार्थीहरुको लागि विशेष अफरहरु रहेको बताएको छ । मेलामा सहभागिता जनाउने विद्यार्थीहरुका लागि ‘हात खाली नजाने’ उपहार योजना पनि आयोजकले ल्याएको छ । मेलामा आउने सुरुका एक हजार जनालाई हरेक दिन विशेष उपहार दिइने आयोजकले जनाएको छ । त्यस्तै, मेला अवधीभर परामर्शका लागि आएका विद्यार्थीहरुमध्ये ‘लक्की ड्र’मार्फत मेलाको अन्तिम दिन एक जना विद्यार्थीले ल्यापटप बम्पर उपहारस्वरुप पाउने आयोजकले बताएको छ ।

    अष्ट्रेलिया, अमेरिका र न्यूजिल्याण्डका कलेज तथा यूनिभर्सिटीहरुमा स्थलगत भर्ना तथा छात्रवृत्ति सम्बन्धी जानकारी प्राप्त गर्न सक्नेछन् । यस्तै, टेस्ट प्रिपेरेशन सम्बन्धी विशेष अफर समेत रहेको छ । त्यो संगै मेलामा सहभागिता जनाउने विद्यार्थीहरुले स्थानीयस्तरमा ‘आइएलटिएस’ कक्षा अध्ययनको लागि विशेष छुट समेत पाउनेछन् । विद्यार्थीहरुलाई वैदेशिक अध्ययनमा जाँदा कुनै समस्या नहोस् भन्ने हेतुले यो मेला आयोजना गरिएको ‘वान अप’ ले बताएको छ ।

    क्विन्सफोर्ड कलेजको प्रस्तुतिमा हुन लागेको मेलामा बेलायत, अमेरिका र अष्ट्रेलियाका पुराना कलेज तथा यूनिभर्सिटीहरुले समेत सहभागिता जनाउँदैछन् । मेलामा शैक्षिक परामर्श व्यवसायीहरु, स्वदेशी शैक्षिक संस्थाहरु तथा जापान, न्युजिल्याण्ड, अष्ट्रेलिया, यूएस, आयरल्याण्ड, नर्वे, फिनल्याण्ड, जर्मनी, रुस, डेनमार्क लगायत देशका कलेज तथा विश्वविद्यालयका आधिकारिक प्रतिनीधिहरुको सहभागिता हुने आयोजकले बताएको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.