• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

विश्वकै ठूलो महाशिला प्रचार–प्रसारको अभावमा ओझेलमा

  •      /२२ जेष्ठ २०७५, मंगलवार १६:१४ ,  प्रकाशीत
  • रामकृष्ण लामिछाने

    पर्वत जिल्लाको महाशिला गाउँपालिका–५ लुंखुदेउरालीमा रहेको विश्वकै ठूलो महाशिला प्रचार–प्रसारको अभावमा ओझेलमा परेको छ । संरक्षणमा गाउँपालिकाको दायित्व रहेपनि चासो दिएको छैन् ।

    महाशिला अर्थात मेलढुंगा पर्वत जिल्लाको लुंखुदेउराली गाविसमा अवस्थित धार्मिक पर्यटकीय स्थल हो । पहिले उक्त शिला लुखुदेउराली गाविसकै धुँवाकोटमा थियो । पछि तल झरेर अडिएको हो । १ सय ३० मिटर अग्लो शिला १ बिघा जग्गा फैलिएको छ ।

    शिलाको तल्लो भागमा गुफासमेत छ । शिलामा बालाचतुर्दशी, महाशिवरात्री, रामनवमी, नाग पञ्चमीमा भक्तजनको घुइँचो लाग्नुका साथै मेला लाग्ने गरेको छ । शिलामा पूजा गर्न गुल्मी, पर्वत, बाग्लुङ, स्याङ्जालगायतका जिल्लाबाट भक्तजनहरू आउँछन् ।

    कालीगण्डकी नदी र सेती खोलाको दोभानमा ३ फरक–फरक अञ्चलका ३ जिल्ला पर्वत, स्याङ्जा र गुल्मीको संगमस्थलमा पर्ने सेतीवेनी बजारमा विशाल कालो शिलाढुंगा रहेको छ । त्यहि कालो शिलाढुंगालाई अवलोकन गर्न आउनेहरु परापूर्व कालदेखि शालिग्राम शिला मान्दै आएका छन् ।

    हिन्दूधर्म अनुसार शिलालाई भगवान् विष्णुका रुपमा पुजिन्छ । महाशिला पुज्नका लागि देशका विभिन्न ठाउँबाट हरेक एकादशी, औंशी, सक्रान्ति लगायतका चाडपर्वमा धुमधाम मेला लाग्ने मात्र नभइ धार्मिक आस्था राख्नेहरु दिनानुदिन आउँने गरेका छन् ।

    सदरमुकाम कुश्माबजारदेखि फलेवास, बाच्छा हुँदै कालिगण्डकी तिरैतिर हिडेर एकदिनमा पुग्न सकिने सेतीवेनीको मिर्मीमा अर्को चासोको विषय कालिगण्डकी जलविद्युत योजना छ । जलविद्युत योजनाबाट बनेको मिर्मी जलाशयमा दैनिक २० भन्दा वढी स्टिमर चल्ने गर्दछन् ।
    संरक्षण भएन ।

    महाशिलाको प्रसार–प्रसार हुन नसकेकोमा स्थानीय निरास छन् । हाल माहशिलाको चर्चा विश्वभरि छ । यसको अध्यान्नसँगै अवलोकन गर्न स्वदेशी तथा विदेशी पर्यटक आउन सक्ने एउटा आर्कषक शिला यही हो ।

    यसको संरक्षण र प्रचार–प्रसारमा ध्यान नपुग्नाले ओझेलमा परेको धेरैको गुनासो छ । यसको संरक्षणमा पूर्वाधारले रोक्यो, ‘स्थानीय युवा एवं सञ्चारकर्मी ठाकुर रसाइलीले भने,‘ लुंखुदेउरालीसम्मै मोटरबाटोको सुविधा पुगेपनि पर्यटक पुग्न सकेका छैनन् । यो धेरै ठूलो विषय हो । साना–साना काममासम्म यहाँका जनप्रतिनिधिले ध्यान दिन सकेका छैनन् ।

    १ दशक अघिसम्म पनि यो स्थानमा हरेक चाडपर्वमा मेला लाग्ने गरेको थियो । तर, पछिल्लो समयमा यसप्रति युवाको चासो नहुँदा ओझेलमा पर्दै आएको छ । सदरमुकाम कुश्माबजारबाट करिव ४० किलोमिटरको दुरीमा पर्ने लुंखुदेउरालीमा रहेको यो ठूलो ढुंगाकै नामबाट गाउँपालिकाको नाम महाशिला राखिएको हो ।

    महाशिलामा विभिन्न देवीदेवताका मूर्तिहरु कुद्ने, रंगरोगन गर्ने, पर्खाल तथा महाशिला परिक्रमाका लागि बाटो निर्माण गर्ने योजना अघि सारिएको छ ।

    गाउँपालिकाले महाशिला संरक्षण समिति गठन गरेर संरक्षण र प्रचार प्रसारको काम सुरु भएको जनाएको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.