• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखरा बिमानस्थल प्रति बिज्ञटोलीको सुझाव ,अन्तराष्ट्रिय उडान असम्भब

  •      /२३ जेष्ठ २०७५, बुधबार ०९:२२ ,  प्रकाशीत
  • पोखरा ।निर्माणाधीन पोखरा अन्तराष्ट्रिय विमानस्थल अन्तराष्ट्रिय उडानका लागि अयोग्य भएको सरकारी अध्ययनले नै देखाएको छ । संष्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गठन गरेको विज्ञ टोलीले पोखरा अन्तराष्ट्रिय विमानस्थल अन्र्तराष्ट्रिय उडानका लागि योग्य नरहेको प्रतिवेदन तयार पारेको हो ।

    पूर्वसचिव वीरेन्द्रबहादुर देउजाले पर्यटनमन्त्री रवीन्द्र अधिकारीलाई पोखरा विमानस्थल अन्तराष्ट्रिय व्यापारिक उडानका लागि योग्य नभएको प्रतिवेदन पेश गरेको आजको कारोवार दैनिकले खवर छापेको छ ।

    पर्यटनमन्त्री अधिकारीले नागरिक उड्डयन क्षेत्रको सुधारका लागि सुझाव दिन गत चैत २५ गते २१ सदस्यीय विज्ञ समूह गठन गरेक थिए । जसमध्ये पूर्वसचिव देउजा, क्याप्टेन पीजे शाह, सिभिल इन्जिनियर कमल केसी, सुमन श्रेष्ठ र प्रभा वैद्यको टीमले निर्माणाधीन र निर्माण भइसकेका विमानस्थलका बारेमा यस्तो प्रतिवेदन तयार पारेको हो ।

    सरकारले चीनको एक्जिम बैंकसँगको करिब २१ अर्ब ऋण सहयोगमा पोखरा अन्तर्रा्ष्ट्रिय विमानस्थल बनाउन सुरु गरेको २ वर्ष भइसकेको छ । विज्ञ समूहले आगामी ४० वर्षसम्म मुलुकमा हाल निर्माणाधीन र निर्माणको तयारीमा रहेकावाहेक थप अन्तराष्ट्रिय विमानस्थल आवश्यक नरहेको बताएको छ ।

    विज्ञ समूहले २० वर्षमा हवाइ यात्रुको संख्या ३ करोड ३३ लाख ५० हजार पुग्ने अनुमानसहित त्यसका लागि त्रिभुवन अन्तराष्ट्रिय, गौतम बुद्ध र निजगढ अन्तर्रा्ष्ट्रिय विमानस्थल पर्याप्त हुने भन्दै थप अन्तराष्ट्रिय विमानस्थल आवश्यक नरहेको बताएको हो ।

    यस्तै, विज्ञ समूहले कम्तिमा ५ वर्षसम्म आन्तरिक विमानस्थलसमेत थप नगर्न सुझाव दिएको छ । सरकारले काभ्रेको नागीडाँडामा विमानस्थल निर्माणका लागि बजेट नै विनियोजन गरिसकेको अवस्थामा विज्ञ समूहले भएकै विमानस्थल सञ्चालन हुन नसकेका बेला सस्तो लोकप्रियताका लागि नयाँ विमानस्थलको निर्णय गर्नु दुर्भाग्यपूर्ण भएको बताएको छ ।

    नेपालमा हाल आन्तरिकतर्फ ३२ वटा विमानस्थल सञ्चालनमा रहेकामा २८ वटा घाटामा छन् । विज्ञ समूहले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको चाप कम गर्न तराई क्षेत्रमा चालू अवस्थामा रहेका विमानस्थल रातिको समयमा पनि सञ्चालन गर्न सुझाव दिएको छ ।

     

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.