पोखरा । फेवातालमा डुबेर जेठ १३ देखि वेपत्ता भएका रामेछाप घर भई भक्तपुर बस्ने सुप्रिल लामा १० दिनपछि मृतअवस्थामा भेटिएका छन्। चार साथीहरुसँगै फेवातालमा आफै डुंगा चलाएर घुमिरहेका बेला चट्याङ पर्दा सुप्रिल लामा डुंगाबाट तालमा खसेर बेपत्ता भएका थिए।
शव बुधबार मध्यान्ह फेला परेको वडा प्रहरी कार्यालय बैदामका प्रमुख प्रहरी नायव उपरीक्षक नविन कार्कीले जानकारी दिए ।शव फुलेर चिन्न नसकिने अवस्थामा फेलापरेपछि हुलीयाको आधारमा उनको पहिचाहन गरिएको कार्कीले बताए।
डुबेकै दिनदेखि गोताखोरको टोलीले लगातार खोजी कार्य जारी राखेको भएपनि लामो समय सम्म उनको शव फेला परेको थिएन।
नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोली र नेपाल आर्मी खोजीमा जुटेको थियो ।लामाको शव फेवातालको गहिरो भागमा डुबेको कारण उत्रिन लामो समय लागेकोे डिएसपी कार्कीले बताए ।
भक्तपुरबाट पाँच जना साथीको समूह जेठ १२ गते पोखरा घुम्न आएका थिए । रामेछाप घर भई भक्तपुर सुर्य्विनायक बस्ने १८ वर्षीय सुप्रिल लामा, सिन्धुली घर भई सोहि ठाउँ बस्ने १८ वर्षीय बिशाल थापा, भक्तपुरका १९ वर्षीय मन्दिप महत, सो ठाउँका १७ वर्षीय शुशिल कुँवर र काठमाण्डौ सितापाईला घर भएका १७ वर्षीय अनिल रोक्का सहित ५ जना पोखरा आएका थिए ।

Related