करोडौं आर्थिक अनियमितता गरेको आरोप लागेका निगमका निर्देशक गोपाल खड्काद्वारा राजीनामा
तपाईको प्रतिक्रिया





काठमाडौं/ नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्काले राजीनामा दिएका छन् । करोडौं रुपैयाँको अनियमितता गरेको अभियोगमा उनी विवादमा तानिएका थिए ।
उनले बिहीबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा राजीनामा बुझाएका हुन् । उनले पत्रकार सम्मेलन नै गरेर आफ्नो गलत व्याख्या भएका कारण पदबाट राजीनामा दिएको बताए ।
उनले भने– ‘मिडियाले गलत प्रचारबाजीले गर्दा मैले राजीनामा दिन बाध्य भएँ ।’ उनले पदावधि सकिन ६ महिना बाँकी रहँदा पदबाट राजीनामा दिएका हुन् ।
उनले आफूमाथि देशीविदेशी तत्वहरूले षड्यन्त्र गरेको आरोपसमेत लगाए ।
Related