• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

हावादारी प्रतिबेदन बनाउदै बिज्ञटोली पोखरा बिमानस्थल पछि गोरखाली रवर उद्योग समेत सरकारले चलाउन नसक्ने प्रतिवेदन

  •      /२४ जेष्ठ २०७५, बिहीबार १५:५३ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज

    हाल बन्द रहेको गोरखकाली रबर उद्योग संचालनको लागि सरकारले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव ऋषि राज कोइरालको नेतृत्वले बनाएको प्रतिवेदनप्रति मन्त्री मातृकाप्रसाद यादवले आपत्ति जनाएका छन्।

    सरकारी स्वमित्वको उक्त उद्योग हाल सरकारले संचालन गर्न नसक्ने प्रतिवेदनको निष्कर्ष थियो।

    मन्त्री यादवले गोरखकाली रबर उद्योग जसरी पनि सञ्चालन गर्ने दृढता जनाए। त्यसका लागि के कस्तो पूर्वाधार आवश्यक पर्छ सो जानाकारी प्रदान गर्न उनले कर्मचारीलाई निर्देशन दिएका छन्।

    बुधबार पत्रकारहरुसँग कुराकानी गर्दै मन्त्री यादवले रुग्ण उद्योगहरु संचालनमा सरकारले चासो राखेर काम अघि बढाइरहेको जानकारी दिए। गोरखकाली रबर उद्योग पनि संचालनमा ल्याएरै छोड्ने उनले प्रतिवद्धता जनाए। उक्त उद्योग सरकारी स्वमित्वमै रहने गरी सञ्चालनको प्रक्रिया चालु आवमै अघि बढाइने उनले प्रस्ट पारे।

    मन्त्रालयका सहसचिव कोइलाल नेतृत्वमा तयार भएको प्रतिवेदनले उक्त उद्योग हाल सरकारले संचालन गर्न नसक्ने, निजी क्षेत्रसँग सहकार्य गर्नुपर्ने वा पूर्ण रुपले निजीकरण गराएर मात्रै सञ्चालन गरे नाफामा जानसक्ने बताए।

    गोरखकाली रबर उद्योग नेपालकै पहिलो रबर उद्योग हो। २०४१ सालमा स्थापना भएको हो। नेपालको गुणस्तरीय टायर उत्पादन गर्ने गोरखकाली टायर उद्योग दुई वर्षदेखि बन्द भए पनि कर्मचारीले हालसम्म हाजिर गरिरहेका छन्।

    सो उद्योगमा २ सय ४७ कर्मचारी स्थायी छन्। उनीहरुको तलब भत्तामा मात्र मासिक एक करोड रुपैयाँ सरकारले व्योहोरिरहेको छ। ५५ कर्मचारी बिना उत्पादन घर फर्किएका छन्। दुई वर्षदेखि रोकिएको तलब र भत्ता कर्मचारीलाई दिन मात्र २८ करोड चाहिन्छ।

    उद्योगमा ८० प्रतिशत कर्मचारी स्थानीयबासी रहेको उद्योग मनत्रालयले जनाएको छ। उद्योग गोरखामा अवस्थित छ। चीन सरकारको सहयोगमा निर्माण भएको सो उद्योग तत्काल सञ्चालनका लागि करिब १ अर्ब रुपैयाँ लाग्ने अनुमान ऋषिराज कोइरालाको नेतृत्वमा बनेको प्रतिवेदनमा उल्लेख छ। उद्योगमा रहेका मेसिन निकै पुराना छन्। ती मेसिनले गुणस्तरीय उत्पादन दिन नसक्ने अवस्था छ।

    उद्योगको ५ सय ६६ रोपनी जग्गा छ। उक्त उद्योगबाट उत्पादन हुने एउटा टायरको तौल ६२ किलो हुने गरेको थियो। निर्माणका लागि ७० थरिका कच्चा पदार्थ चाहिन्छ। त्यसमा प्रयोग हुने खोटोबाहेक सबै कच्चा पदार्थ विदेशबाट आयत गरिएको थियो।

    सरकारले सञ्चालन गरेको उद्योग टाट पल्टने तर निजी क्षेत्रले लगानी गरेको उद्योग नाफामा जाने अवस्था मुलुकका लागि दुःखदायी भएको ठहर यो सरकारले गरेका छ। त्यसकारणले पनि रुग्ण उद्योग संचालको कसरत भइरहेको मन्त्री यादबले बताउँछन्।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.