कास्की प्रहरीद्धारा तालिम प्राप्त कुकुर सहित छड्के चेकिङ, दुई दर्जन सवारी कारवाहीमा
तपाईको प्रतिक्रिया





शुभेच्छा न्यूल
पोखरा । जिल्ला प्रहरी कार्यलय कास्कीका प्रमुख एसपी ओम रानाले जिल्लाको शान्तिसुरक्षा कायम राख्न जारी गरेको १२ बुदे प्रतिवद्धता अनुसार राजमार्गमा तालिम प्राप्त कुकुर सहित छड्के चेकिङ थालेको छ।
विहिवार राजमार्गमा गरेको चेकिङ दुई दर्जन बढी सवारी साधन कारबाहीमा परेका छन् । लामो दुरीबाट पोखरा भित्रिने सवारी साधनमार्फत पोखरामा लागुऔषध भित्रिने आंशकामा पृथ्वीराजमार्गको चाउथे क्षेत्रमा तालिम प्राप्त कुकुर सहित चेकजांच गरिएको थियो । चेकिङको क्रममा २१ वटा मोटरसाइकल जसमा ५ वटा मोडिफाइ गरिएका र ३ वटा सीट बढी राखेका हाइस माइक्रोबस कारबाहीमा परेका हुन ।
चेकजांचको क्रममा नेपालको पूर्व र तराइ क्षेत्रबाट पोखरा भित्रिने लामो दुरीमा सञ्चालन हुने करिव २ दर्जन सवारीहरुमा कुकुर सहित चेकजांच गरिएको कास्की प्रहरी प्रमुख प्रहरी उपरिक्षक ओम रानाले जानकारी दिए । रानाले राजमार्गमा आगामी दिनहरुमा पनि महिनाको दुई पटक तालिम प्राप्त कुकुरहरुबाट चेकजांच गरी पोखरामा हुने लागुऔषधलाई न्युनिकरणका लागी कास्की प्रहरीको सिंगो संगठन लागी परेको समेत वताए ।
कास्की प्रहरीले रातको समयमा मुल सडक भन्दापनि भित्री गल्लीहरुमा चेकजांचलाई तीब्रता दिएको वताउदै कास्की प्रहरी प्रमुख रानाले पोखरा उपत्यका जुनसुकै टोलमा कसैले होहल्ला वा चर्को आवाजका मोटरसाइकलहरु चलाएमा तुरुन्त प्रहरीलाई खवर गर्न समेत आग्रह गरेका छन । उनले कास्केली जनताको सुुरक्षाका लागी कुनै कसुर बांकी नरहने गरी काम गर्न तत्पर रहेको वताउदैसमाजमा हुने अवान्छनिय, बिकृतीमुलक क्रियाकलाप नियन्त्रण गर्नका लागी जनता र प्रहरी मिलेरनै अगाडी वढ्नुपर्ने वताए । राजमार्ग चेकिङको क्रममा १० हजार राजश्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
Related