प्रदेश ४ को नीति तथा कार्यक्रम सार्वजनिक ः प्रतिब्याक्ती आय २५ सय डलर, ५ बर्षमा गरिबी ७ प्रतिशतमा झार्ने
तपाईको प्रतिक्रिया





शुभेच्छा न्यूज
पोखरा । प्रदेश ४ को सरकारले आगामी ५ बर्ष भित्र प्रदेशमा प्रतिव्यक्ति आय २५ सय अमेरिकी डलर पु¥याउने लक्ष्यसहित आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।
शुक्रबार प्रदेश प्रमुख बाबुराम कुवँरले नीति तथा कार्यक्रम सार्वजनिक गर्दै प्रतिव्यक्ति आय २५ सय डलर पु¥याउने लक्ष्य प्रस्तुत गरेका हुन् ।प्रदेश सरकारले प्रत्येक बर्ष ८ प्रतिशतका दरले प्रदेशको बार्षिक आय बृद्धी गर्ने महात्माकाँक्षी योजना समेत नीति तथा कार्यक्रम मार्फत घोषणा गरेको छ । ५ बर्ष भित्र गरिवी ७ प्रतिशतमा झार्ने योजना अघि सारेको छ । यसका लागि प्रदेश भित्रै रोजगारी सिर्जना गर्ने र औद्योगिक क्षेत्रको विकास गर्ने योजना रहेको छ।
सरकारले प्रदेशमा आगामी बर्ष भौतिक पूर्वाधारलाई जोड दिने गरी कार्यक्रम तय गरेको छ। कृषि उत्पादनलाई दोब्बर बनाउने, कोरला देखि पोखरा र पोखरादेखि सुस्तासम्मको दु्रतमार्ग निर्माणको योजनालाई प्राथमिकता दिने कार्यक्रममा उल्लेख छ ।
प्रदेश भित्र बहुउपयोगी सम्मेलन केन्द्र, अन्तराष्ट्रिय खेलमैदान, बिशिष्टीकृत मुटुरोग, मृगौला र क्यान्सर अस्पतालको निर्माण, स्थानीयतहमा २५ शैया, नगरपालिकामा ५० र प्रदेश राजधानीमा हजार शैयाको अस्पताल निर्माण थालनी गर्ने योनजा छ ।
पोखरालाई केन्द्रमा राखी बृहत पोखरा चक्रपथ निर्माण, पोखरा विमानस्थललाई ३ बर्ष भित्र निर्माण सम्पन्न गर्ने, सन् २०२२ सम्म २० लाख पर्यटक भित्र्याउने, पोखराका तालहरुलाई जोड्न मोनोरेल सञ्चालन गर्ने, प्रदेशको राजधानीदेखि स्थानीयतहका केन्द्रसम्म स्तरीय सडक सञ्जाल विस्तार गर्ने, उर्जा उत्पादन तेब्बर बनाउने, उर्जा खपतलाई पाँच गुणाले बढाउने लगायतका योजनालाई विशेष प्राथमिकताका साथ अघि सारिएको छ ।
Related