• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारी आन्दोलित

  •      /२८ जेष्ठ २०७५, सोमबार १०:३१ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज

    पोखरा । पश्चिमाञ्चल क्षेत्रीय अस्पताल (पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान) का कर्मचारीले विभिन्न माग राख्दै आन्दोलन थालेका छन्। प्रतिष्ठानका कर्मचारी युनियनको आब्हानमा अस्पताल सुधार तथा आफ्ना पेशागत माग सहित कर्मचारीहरु आन्दोलित भएका हुन् । उनीहरुले हातमा कालोपट्टी लगाएर आन्दोलन शुरु गरेका हुन् । मंगलवार सम्म हातमा कालोपट्टी बाँधेर काम गर्ने उनीहरुले जनाएका छन् ।

    सोमबार र मङ्गलबार पनि हातमा कालोपट्टि बाँधेर काम गर्ने र बुधबार, बिहिबार, शुक्रबार बिहान १० देखि ११ बजेसम्म लायन्स पार्कमा धर्ना दिने कार्यक्रम रहेको कर्मचारी युनियनका अध्यक्ष डाक्टर ढाकाकुमार श्रेष्ठले जानकारी दिएका छन् ।

    आइतबारसम्म पनि मागको सुनुवाइ नभए सोही दिन छलफल पछि नयाँ आन्दोलनका कार्यक्रम सार्वजनीक गरिने उनले बताए। तीन पटकसम्म प्रतिष्ठानका उपकुलपतिलाई माग बारे जानकारी गरायौं तर कुनै सुनुवाइ भएन अध्यक्ष श्रेष्ठले भने ‘त्यसैले चरणबद्व आन्दोलनका उत्रन बाध्य भयौं।’

    उनले सेवाग्राहि प्रभावित नहुने गरी आन्दोलनका कार्यक्रम ल्याउने बताए । ‘आवश्यक परे प्रशासन ठप्प पार्छाै अध्यक्ष श्रेष्ठले भने’‘तर सेवाग्राहिलाई असर पु¥याउदैनौं।’
    कर्मचारी युनियनले अस्पताल सुधारका लागि भन्दै महिनौं देखि बिग्रेका उपकरण मर्मत गर्न, फार्मेसीमा पर्याप्त औषधी उपलब्ध गराउन, सरसफाइमा ध्यान दिन, प्रयोगशालामा सवै खाले परिक्षण सेवा शुरु गर्न, अप्रेशन सेवा बढाउन माग गरेको छ ।

    त्यस्तै, आईसियूमा बेड बढाउन र विभिन्न स्रोतको आम्दानी पारदर्शी गर्न समेत माग गरेको छ । त्यसैगरी कर्मचारीको पेशागत हकका लागि भन्दै अस्थायी, करार तथा स्थायी कर्मचारीको समस्या समाधान गर्न माग गरेको छ । प्रतिष्ठान कर्मचारीले २०६४ सालमा अस्थायी करारमा रहेको २ सय ९९ जना कर्मचारी मध्ये १ सय ४ जनालाई मात्रै स्थायी गरेको प्रति युनियनले आक्रोश पाख्दै आएकोछ।

    बाँकी कर्मचारीलाई स्थायी नगरिदा काम गर्ने मनोबल नै घटेको अध्यक्ष श्रेष्ठले बताए । २०४२ सालमा अस्पतालमा छिरेका कर्मचारी लामो समय वित्दा समेत एउदै तहमै कार्यरत छन् ।

    स्थायीको मागसहित अस्पताल सुधार गर्न तीनपटक प्रतिष्ठानका उपकुलपति डा.बुद्धिबहादुर थापासंग माग गर्दापनि सुनुवाई नभएपछि हातमा कालोपट्टी बाँधेर काम गर्दै आन्दोलन शुरु गरिएको युनियनका अध्यक्ष श्रेष्ठले बताए ।

    उनले दशमहिनादेखि बिग्रिएको सिटी स्क्यान मेशिन मर्मत गर्नुपर्ने, शल्यक्रियाको लागि आवश्यक टेवल थप्नुपर्ने, आईसियुमा बेड थप्नुपर्ने लगायतका मागहरु उठाइएको बताए । क्षेत्रीय अस्पतालमा विरामीले घण्टौ कुरेर मात्रै उपचार पाउने गरेका छन।’उनका अनुसार अस्पतालको फार्मेसीमा सर्वसुलभ औषधीको अभाव छ ।

    औषधी लिन जादाँ घण्टौ कुुर्नुपर्ने बाध्यता छ । काउन्टरमा शुल्क बुझाउन जादाँ पनि उस्तै लाईनमा बस्नुपर्छ । अल्ट्रसाउण्ड, प्रयोगशाला जतासुकै लाईन बस्नुपर्ने पीडा विरामीले भोग्दै आएको उनले गुनासो गरे।

    युनियनले अस्पतालको आयस्रोत पारदर्शी गराउन समेत माग गरेको छ। विद्यार्थीको प्राक्टीकलबाट आउने शुल्क, विदेशी विद्यार्थिले इन्टर्न गर्दा आउने शुल्क, पोष्टमार्टम शुल्क लगायतलाई पारदर्शी बनाएर प्रतिष्ठानको बृदत्तर हित तथा सुधार कार्यमा लगाउन माग गरेकाछन्।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.