• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखरामा प्रदेश प्रमुखको अफिस क्षेत्रीय प्रशासन कार्यालय र निवास अध्यागमन

  •      /५ माघ २०७४, शुक्रबार १०:२६ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज
    पोखरा । सरकारले प्रदेश प्रमुख र अस्थायी मुकाम तोकेपछि प्रदेश प्रमुखको कार्यालय तथा निवास पनि तोकीएको छ।सरकारले प्रदेश नम्वर ४ को प्रमुखमा बावुराम कुवँरलाई नियुक्ती गरेसंगै सहिदचोक स्थित रहेको क्षेत्रीय प्रशासन कार्यलयको भवनलाई कार्यालय र निवास बनाउने तयारी गरेको हो। यस्तै मुख्यमन्त्री, मन्त्रीको कार्यालय र अन्य कार्यालय तथा निवासको समेत निश्चित गरेकोछ।
    प्रदेश प्रमुखको नियुक्ती संगै सरकारले ४ नं प्रदेश अन्तरगत अध्यागमन कार्यालय पोखरा र क्षेत्रीय प्रशासन कार्यालयको भवनलाई प्रदेश प्रमुखको कार्यालय र निवास बनाउने तयारी गरेको हो ।
    दुवै भवन एकै ठाउँमा रहेकाले प्रदेश प्रमुखका लागि आवास र कार्यालयसँगै व्यवस्थापन गर्न लागिएको कास्कीका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले जानकारी दिए ।
    यसैगरी, मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका लागि सीप विकास कार्यालय पोखराको भवन प्रयोग गर्ने तयारी छ । तर मुख्यमन्त्रीको निवासका लागि हिमागृह सिफारिस गरिएको भएपनि यसवारे बिरोध भएपछि सरकार पछि हटेको हो।
    सीप विकास कार्यालयको निर्माणाधिन उक्त भवन १५ देखि २० दिनसम्म निर्माण सम्पन्न भइसक्ने जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ। भ्वन निर्माण छिटो सक्नकोलागि तिव्ररुपमा काम गआडी बठेको छ।
    यस्तै, नगरविकास प्रशिक्षण केन्द्रको भवनलाई प्रदेश सभाहल बनाउने तयारी भएको छ । उक्त भवनमा संसद भवनसँगै प्रदेशसभाका सचिवालय र सभामुखरउपसभामुखको कार्यकक्ष रहनेछ ।
    मुख्य मन्त्री, मन्त्रीहरु, सभामुख र उपसभामुखको आवास व्यवस्थापन बारे तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले बताए ।
    को हुन् ४ नम्बर प्रदेश प्रमुख बाबुराम कुवँर
    अर्घाखाँचीको सन्धीखर्क नगरपालिका वडा नम्बर १ मा २०१७ साल साउन १० गते जन्मिएका कुवँर लामो समय कानुनी पेशामा सक्रिय रहेका थिए । २०३३ सालमा अर्घाखाँचीकै जनज्योती ब्यवसायीक मावि सन्धीखर्कबाट एसएलसी पास गरेका उनी २०३४ सालमा पिएन क्याम्पसमा कानुन बिषय पढ्नका लागि भर्ना भएका थिए । उनी पिएन क्याम्पसको कानुन बिषयमा पहिलो ब्याचका बिधार्थी समेत हुन् । २०३४ सालमा काठमाण्डौं हानिएपछि कुवँरले त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर कानुनमा एलएलएम पास गरे । नेपालमा पहिलो पटक एलएलएम सुरु हुँदा उनी पहिलो विद्यार्थी थिए ।
    काठमाण्डौंको छाउनीमा बस्दै आएका उनी सिनियर एडभोकेटको रुपमा अहिले पनि कार्यरत छन् ।
    कुँवर नेपाली काँग्रेस निकट कानुन व्यवसायीको संगठन डेमोक्रेटिक लयर्स एसोसियसनका पूर्व अध्यक्ष हुन् । उनले संवैधानिक विवाद्सम्बन्धी मुद्दामा लामो समयदेखि बहस गर्दै आएका छन् । फौजदारी कानुनका विषयमा जानकार कुँवरले अन्य मुद्दामा पनि दख्खल राख्छन् । कुवँर २०७० फागुनदेखि २०७२ असोजसम्म नेपाल सरकारको महान्यायधिबक्ताको रुपमा रहेर काम गरेका थिए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.