एकमहिनाको उपचारपछि प्रदेश ४ का सभामुख अधिकारी डिस्चार्ज
/३० जेष्ठ २०७५, बुधबार ०९:१२ , प्रकाशीत
शुभेच्छा न्यूज
पोखरा, २९ जेठ । बाथरुपमा चिप्लीएर गम्भिर घाइते भएर अस्पतालमा उपचाररत प्रदेश ४ का सभामुख नेत्रनाथ अधिकारी डिस्चार्ज भएका छन् ।एकमहिना देखि काठमाण्डौंको मेडिसिटी अस्पतालमा उपचाररत अधिकारी मंगलवार डिस्चार्ज भएका हुन् ।
वैशाख २८ गते वाथरुममा लडेर घाईते भएका अधिकारीलाई भोलिपल्ट उपचारको लागि राजधानी लगिएको थियो । त्यति वेला उनको टाउकोमा रगत जमेको थियो ।
अधिकारीको स्वास्थ्यमा सुधार हुँदै गएको र हाल निवासमा आराम गरिरहेको उनका प्रमुख स्वकिय सचिव लोकराज आचार्य (सौगात )ले जानकारी दिए । चिकित्सकले अधिकारीलाई १ महिना वेड रेष्टको लागि दिएको र त्यसपछिमात्र नियमित काममा फर्कने आचार्यले जानकारी दिए ।

Related