सर्वाधिक महँगो खेलकुद प्रतियोगिता विश्वकप फुटबल प्रतियोगिता बिहीबारदेखि सुरु हुँदै छ । रसियाले विश्वकप आयोजना गर्न १४ खर्ब ८० अर्ब रुपैयाँभन्दा बढी खर्च गर्दै छ, जुन विश्वकप फुटबल इतिहासको ८८ वर्षयताकै सर्वाधिक ठूलो रकम हो । विश्वकप आयोजक राष्ट्रको अधिकार पाउँदा रसियाले सुरुवातमा १ खर्ब ३१ अर्ब ४० करोड रुपैयाँ खर्च हुने जनाएको थियो । तर, रसियाले रंगशाला, यातायात, सुरक्षा, विमानस्थल र, स्वास्थ्यलगायत क्षेत्रमा एक्कासि बजेट बढेको हो ।
रसियाले पर्यटन र विज्ञापनमा खर्चेको रकम जोडेको छैन । सो खर्च पनि जोड्दा १ लाख ४३ हजार करोड हुन जान्छ, जुन रकम विश्वभरका २ सय ११ मध्ये ९९ देशको कुल गार्हस्थ उत्पादनभन्दा बढी हुन्छ । विश्वभरका १ सय १२ देश मात्रै रसियाले गर्न लागेको खर्चभन्दा गार्हस्थ उत्पादनमा माथि हुनेछन् ।
रसियाको अर्थतन्त्रले विश्वकप आयोजना गरेपछि आउँदो १० वर्षमा ३३ अर्ब डलर फाइदा गर्नेछ । मस्को टाइम्सका अनुसार रसियाले खेल र इन्फ्रास्ट्रक्चर निर्माणका लागि ३० प्रतिशत खर्च गरेको छ । यसैगरी, यातायात, स्वास्थ्य र सुरक्षामा करिब ५० प्रतिशत खर्च गर्दै छ । २० प्रतिशत होटेल तथा अन्य आवश्यक कामका लागि खर्च गर्दै छ । रसियाले विज्ञापन तथा फेसनमा मात्र ४ खर्ब रुपैयाँ खर्चेको छ । यसैगरी, प्रविधि र स्पोर्टस् बियरमा ८० अर्ब रुपैयाँ खर्चनेछ ।

Related