पोखरा । पोखरा लेखनाथ महानगरपालिकाले फिर्के खोलाको किनारामा पैदलमार्ग(फुटट्रयाक) निर्माणको सुभारम्भ गर्ने क्रममा मेयर मानबहादुर जिसीले चलाएको डोजर अनियन्त्रीत भई रेलिङ भाँचिदा सर्वसाधारण र पत्रकार घाईते भएका छन् ।
फिर्केखोलाको मिचिएको मापदण्द हटाएर खोलाको किनारामा पैदलमार्ग निर्माण गर्ने योजना अनुसार उद्घाटनको क्रममा मेयर जिसीले डोजर चलाइ दिदा समाचार संकलनको लागि पुगेका संचारकर्मी द्धय रञ्जन अधिकारी र सन्देश श्रेष्ठ सहित स्थानीय गौरी पौडेल लगायत ५ जना फिर्के खोलामा खसेका थिए ।
घाइते गौरी पौडेलको मेट्रोसिटी अस्पतालमा उपचार भईरहेको छ भने पत्रकार द्धय अधिकारी र श्रेष्ठ उपचार पछि घर फर्केका छन् । उनीहरुको शरिरका विभिन्न भागमा चोट लागेको छ ।
कार्यक्रमका प्रमुअ अतिथि रहेका महानगरपालिकाका मेयर मानवहादुर जिसीले डोजर चलाएर उद्घाटन गर्ने क्रममा घटना घटेको हो । मेयर जिसीले एकैचोटी आत्तिएर डोजरको लिभर दवाउने क्रममो वकेटले रेलिङ भत्काउदा त्यसैमा आड लगाएर उद्घाटनको फोटो खिचिरहेका पत्रकार र सर्वसाधारण एक्कासी २० मिटर तल फिर्के खोलमा खस्न पुगेका थिए ।
महानगरको अँधेरी कुनादेखी ड्यामसाईडसम्म फिर्केको ६ किमीको दुरीमा पैदलमार्ग वनाउने योजना अनुसार पैलयमार्गको सुभारम्भ गरिएको हो।
शुभेच्छा न्यूज

Related