प्रदेश ४ को बजेट २४ अर्ब २ करोड ३३ लाख, ८० करोड आन्तरिक ऋण उठाइने (पूर्णपाठ सहित)
तपाईको प्रतिक्रिया





एनएच पौडेल
पोखरा । प्रदेश ४ को सरकारले आर्थिक वर्ष ०७५र७६ का लागि २४ अर्ब २ करोड , ३३ लाखको वजेट विनियोजन गरेको छ । शुक्रबार आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले आगामी आर्थिक वर्षका लागि सरकारले लिएको नीति तथा कार्यक्रमका लागि रकम विनियोजन गरेका हुन्।
आर्थिक मामिला तथा योजना मन्त्री गुरुङले प्रदेशसभामा पेश गरेको बजेटमा चालु खर्चतर्फ ६ अर्व ९१ करोड ५५ लाख (२९ प्रतिशत) र पूँजीगततर्फ १५ अर्ब ९० करोड ७८ लाख (६६ प्रतिशत) विनियोजन गरिएको छ। त्यस्तै वित्तीय व्यवस्थापनतर्फ १ अर्व २० करोड रुपैयाँ विनियोजन गरिएको छ ।
बजेटको स्रोतमध्ये अन्तरिक राजस्वबाट १ अर्ब ६९ करोड ९५लाख, चालु आर्थिक वर्षको बाँकीबाट ६० करोड, संघीय सरकारबाट राजस्व बाँडफाँटवापत आउने ६ अर्ब ५७ करोड ६० लाख प्राप्त हुने अनुमान गरिएको छ । त्यस्तै वित्तीय समानीकरण अनुदानबाट ६ अर्ब ७७ करोड ६७ लाख र सशर्त अनुदानबाट ६ अर्ब ५० करोड १९ लाख परिचालन गर्ने आर्थिक मामिला मन्त्री किरण गुरुङले उल्लेख गरेका छन् ।
त्यसैगरी समपूरक अनुदानमा ७१ करोड ४२ लाख र विशेष अनुदानबाट ३५ करोड ५० लाख हुने अनुमान गरिएको छ । प्रदेश सरकारले नपुग हुने ८० करोड भने अन्तरिक ऋण उठाएर व्यहोर्ने जनाएको छ ।
(पूर्णपाठ सहित) Budget
Related