कास्की काँग्रसमा भुईचालो,एकैचोटी १२ जना जिल्ला सदस्य पदमुक्त
/४ असार २०७५, सोमबार ०५:४६ , प्रकाशीत
पोखरा, असार ३ । नेपाली काँग्रेस कास्कीले जिल्लामा मनोनित गरेका सबै पदाधिकारी र जिल्ला सदस्यहरुलाई पदमुक्त गरेको छ । सभापति कृष्ण केसीले आईतबारको बैठकमा एकै पटक ३ पदाधिकारी र ९ सदस्य गरी १२ जनालाई पदमुक्त गरे ।
पदमुक्त हुनेहरुमा पदाधिकारीतर्फ उपसभापति स्व. हरि आचार्य, सचिव रामराज लामिछाने र सहसचिव भरतबहादुर अधिकारी छन् । आचार्यको अघिल्लो बर्ष नै निधन भएको छ भने लामिछाने पोखरा महानगर वडा नम्बर ९ को वडाध्यक्षमा निर्वाचित भएका छन् ।
यस्तै, जिल्ला सदस्यहरुमा युवराज कुवँर, भोजबहादुर गुरुङ, देवेन्द्र रानाभाट, नवीन सापकोटा, ओम बस्नेत, प्रेम परियार छन् भने आमन्त्रीत जिल्ला सदस्यहरुमा सुनयना पालिखे, मुरारी कोइराला र प्रेम बहादुर तामाङ छन् ।
पदमुक्त गर्नुको कारण बाहिरिएको छैन । जिल्ला सभापतिले २ बर्षअघि उनीहरुलाई मनोनित गरेका थिए । ‘दुईवटा एजेण्डाका लागि बैठक डाकिएको थियो ।

Related