• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

मलेसियामा साथीको कुटाइबाट मृत्य भएका नविनको शव घरमा पुर्याउदा शोकमा डुब्यो गाँउ

  •      /५ असार २०७५, मंगलवार ०४:३२ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज

    पर्वत /साथीहरुको कुटाइबाट मलेसियामा ज्यान गुमाएका पर्वतका युवा किशोर केसी (नसिब) को शब तीन हप्ता पछि नेपाल आएको छ ।पर्वतको मोदी गाउँपालिका–५ बाजुङ धमिलपानी गाउँका मृतक केसीको शब सोमबार बिहान घरमा आएको हो । जेठ १५ गते साथीहरुले कुटेरै केसीको हत्या गरेका थिए।

    मृतकको केसीको सोमबार बिहान मोदीखोलामा दाहसंस्कार गरिएको छ । बाबु भीमबहादुर केसीले कान्छा छोरा नसिबको शबमा दागबत्ती दिएका दिए । रोजगारीका लागि बिदेश गएका युवाको अल्पायुमै आफ्नै साथीले कुटेर हत्या गरेपछि सिंगो गाउँ शोकमा डुबेको छ । मृतकको शब गाउँमा आइपछि सयौ गाउँलेहरु श्रद्धाञ्जली दिन पुगेका थिए ।

    ‘सिंगो गाउँ नै शोकमा डुबेको थियो ’ स्थानियबासी तथा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पर्वतका नेता भक्त कुवँरले भने ‘शब देखेपछि आँशु नझार्ने कोही भएन ’

    रोजगारीकै लागि मलेसिया पुगेका पूर्वी नेपालका ४ जनाले नसिवमाथि आक्रमण गरेका थिए। संगै काम गर्ने नेपाली युवाहरुले कुटपिट गर्दा गम्भीर घाइते भएका क्षेत्रीको मलेसियाको पुत्रोदय अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । साथीहरुले रडले प्रहार गर्दा क्षेत्रीको पेटमा गहिरो चोट लागेको थियो ।

    २० महिना अघि रोजागरीका लागि मलेसिया पुगेका केसी परिवारका कान्छा सन्तान हुन । उनी अविबाहित थिए । उनका पिता भिमबहादुर केसी पनि बैदेशिक रोजगारीमा जाने आउने गरिरहेका थिए ।

    केसी कुटपिट गरि हत्या गर्ने साथीहरु चारै जना प्रहरी नियन्त्रणमा रहेपनि एक जनालाई दोषी देखाएर अन्य उम्केको पाइएको छ । चारै जना दोषी भएपनि एक जनालाई जिम्बेवारी स्विकार गर्न लगाई अन्य रिहा भएको सुचना आएको नेता भक्त कुवँरले बताए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.