• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

कास्की प्रहरीको निशानामा स्वरुप परिवर्तन गर्ने र अस्थाइ नम्बर प्लेटका सवारी

  •      /५ असार २०७५, मंगलवार ०५:५१ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज

    पोखरा, ५ असार /कास्की प्रहरीले स्वरुप परिवर्तन र अस्थाइ नम्बर प्लेटमा हिड्ने सवारीलाई विशेष निगरानीका साथ कडा कारबाही गर्ने भएको छ ।

    स्वरुप परिवर्तन गरी  चर्को आवाजमा सवारी चलाउने र अस्थाइ नम्बर प्लेट राखीे सवारी चलाउदा दुर्घटना हुन सक्ने भन्दै जनताले कास्की प्रहरी प्रमुख ओम बहादुर रानालाई गुनासो गरेपछि कास्की प्रहरीले मोडिफाइ गर्ने र अस्थाइ नम्बर प्लेटमा हिडेने सवारीलाई कडा कारबाही गर्ने भएको हो ।

    पोखरामा मोडिफाई गरिएका र स्वरुमबाट नया सवारी साधन निकालेर अस्थाइ नम्बर प्लेटमा सवारीको संख्या वढेको र तिनीहरुका कारण दुर्घटना भएमा पत्ता लगाउन गाह्रो हुने भएकाले त्यस्ता स्वरुमहरु जसले बिलबुक नभइकन अस्थाइ नम्बर प्लेट राखेर ग्राहकलाई दिन्छन त्यसलाई पनि कारबाही गरिने कास्की प्रहरी प्रमुख ओम रानाले वताए ।

    कास्की प्रहरी प्रमुख रानाको नेतृत्वमा सोमबार सिद्धार्थ राजमार्ग सडक खण्डमा चेकजांच गर्ने क्रममा ३९ वटा सवारी साधन कारबाहीमा परेका छन । जसमा कागज पत्र नभएको ट्रक एक, स्वरुमको कागजको भरमा चलाइएको मोटरसाइकल एक र मोडिफाइ गरिएको मोटरसाइकल एक रहेका छन .

    सवारी चालक अनुपति पत्र नभएको मोटरसाइकल ९ रहेका छन । त्यसैगरी विभिन्न सवारी चालकका १० वटा सवारी चालक अनुमति पत्र , १५ वटा सवारी दर्ता किताब र ३ वटा सवारीको सवारी इजाजत पत्र कारबाहीका लागी जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीमा लगिएको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.