दक्षिण अमेरिकी टिमविरुद्ध एसियाली टिमको पहिलो विजय
/५ असार २०७५, मंगलवार १५:२७ , प्रकाशीत
रसिया विश्वकपमा कोलम्बियालाई जापानले २-१ ले पराजित गरेसँगै दक्षिण अमेरिकी टिमविरुद्ध एसियाली टिमको पहिलो विजयको कीर्तिमान कायम भएको छ।
खेलको तेस्रो मिनेटमै कागावाको सटलाई पाखुराले छेकेवापत् रेडकार्ड पाएपछि १० खेलाडीमा सीमित कोलम्बियालाई जापानले आच्छुआच्छु बनायो। जारी विश्वकपको यो पहिलो रेडकार्ड पनि थियो।
सिन्जी कागावाले पेनाल्टीमार्फत लिएको अग्रतालाई कोलम्बियाले ३९ औँ मिनेटमा क्विन्टेरोले गोल गरी बराबरी गरे। उनले फ्रि किकमार्फत् पाएको बललाई वालमुनिबाट छिराएर गोल गरेका थिए। बलले जाली नचुमे पनि गोललाइन टेक्नोलोजीमार्फत् गोल मान्य भयो।
७३ औँ मिनेटमा ओसाकोले तीन जना डिफेन्डरको बीचबाट पाएको कर्नर बलको पासलाई हेड गरी जाली चुमाएपछि जापानले फेरि अग्रता लियो। यही गोल नै निर्णायक साबित भयो।
जितपछि जापानले चारवर्षअघि ब्राजिल विश्वकपमा बेहोरेको ४-१ को हारको बदला समेत लिएको छ।

pahilo post
Related